नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7275 · वि.सं. २०६०

नि.नं. 7275 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वीर अस्पताल, ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अध्यादेश, २०६०’ अनुसार प्रतिष्ठानमा परिणत भएको भन्ने तथ्य उक्त अध्यादेशको दफा १२(१) मा ‘वीर अस्पताल विकास समिति (गठन) आदेश, २०३७ वमोजिम सञ्चालन भै रहेको वीर अस्पताल यो अध्यादेश प्रारम्भ भएपछि प्रतिष्ठानको अङ्गको रुपमा परिणत भई सञ्चालन हुनेछ’ भन्ने व्यवस्थावाट देखिन्छ । यसै गरी सो अध्यादेशको दफा ४ को उपदफा (१) मा ‘प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ’ भन्ने र उपदफा (३) मा ‘प्रतिष्ठानले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच विखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ’ भन्ने व्यवस्था गरिएको पाईन्छ । यसरी उक्त अध्यादेशवाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई स्वायत्त संस्थाको रुपमा स्थापना गरिएवाट, सो संस्थाले आफ्नो हक भोगमा रहेको भवन निवेदिकालाई वोलपत्र अनुसार वहालमा दिने वा नदिने भन्ने विषयमा स्वतन्त्र निर्णय दिन पाउने अधिकार सो अध्यादेश अनुसार प्रतिष्ठानलाई रहे भएको पाइने । § कानून वमोजिम स्वतन्त्र किसिमले निर्णय गर्न पाउने अधिकारलाई कुण्ठित र असर पुर्याउने गरी साझा स्वास्थ्य सेवालाई काउण्टर उपलव्ध गराउने भनी श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालय (सचिवस्तर) को २०६०।५।१० को निर्णय र सो निर्णय अनुसार लेखिएको पत्र समेत उक्त प्रतिष्ठानको स्वायत्तता अनुरुप स्वयं निर्णय गर्न पाउने प्रकृतिको विपरीत त्रुटिपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7275
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2060/10/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री अनुपराज शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7275
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्