नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7279 · वि.सं. २०६०

नि.नं. 7279 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ करार वमोजिम रकम दिलाई पाउं भन्ने मुद्दामा अदालतको फैसला वमोजिम विगो भराई पाउं भनी सो मुद्दाको वादी अनिता शर्माले दरखास्त दिंदाको अवस्थामा यी रिट निवेदक कर्तव्य ज्यान मुद्दामा अदालतवाट सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर भै कैदमा वसिरहेको देखिन आयो । विगो भराई पाउं भनी दरखास्त परी कारवाही हुंदाको अवस्थामा यी रिट निवेदकलाई कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय भएको फैसला अन्तिम नहुंदै निजको सर्वश्व हुन लागेको नभए पनि सर्वश्वसहित जन्मकैद हुने ठहर भएको फैसला अन्यथा नभएसम्म यी रिट निवेदकको सर्वश्व हुने मान्नु पर्ने । § दण्ड सजायको २७ नं. मा सर्वश्व गर्दा कसूर जाहेर नहुँदै भोग दृष्टिवन्धक लेखिएका तमसुक वमोजिमको साहुको थैली परसार्नु पर्ने व्यवस्था गरिएको पाइन्छ । विपक्षी अनिता शर्मा र रिट निवेदकको वीचमा मिति २०५३।१०।२७ मा भएको करारनामाको लिखत रजिष्ट्रेशन पास भएको नदेखिंदा सो करारनामामा उल्लेखित रिट निवेदकको नामको कि.नं. १८३ को घर जग्गालाई भोग दृष्टिवन्धक लेखिएको मान्न नमिल्ने । § निवेदकलाई सर्वश्वसहित जन्मकैदको सजाय भएको फैसला अन्यथा नभई कायम रहिरहेको अवस्थामा सर्वश्व गर्दा दण्ड सजायको २७ नं. वमोजिम पर सार्नु नपर्ने रिट निवेदकको नामको कि.नं. १८३ को घर जग्गावाट करार वमोजिम रकम दिलाई पाउं भन्ने मुद्दाको फैसला अनुसार विगो भराउन दण्ड सजायको २७ नं. को परिप्रेक्ष्यमा मिल्न नआउने । § रिट निवेदकको कि.नं. १८३ को घर जग्गावाट विगो भराउनको लागि परेको फैसला कार्यान्वयन सम्वन्धी दरखास्त खारेज गर्न मिलेन भनी काठमाडौं जिल्ला अदालतको तहसिलदारवाट भएको मिति २०५८।४।२३ को आदेश, सो आदेशलाई सदर गरेको काठमाडौं जिल्ला अदालतको मिति २०५८।५।८ को आदेश र काठमाडौं जिल्ला अदालतको उक्त आदेशलाई सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।११।९ को आदेश कानून प्रतिकूल देखिंदा उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7279
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2060/09/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7279
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्