नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7271 · वि.सं. २०६०

नि.नं. 7271 — भ्रष्टाचार ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीहरु उपर तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) को कसूर गरेको भनि अभियोग लगाइएको देखिन्छ । उक्त कानूनी व्यवस्था अनुसारको कसूर स्थापित हुन सरकारी सेवामा रहेको कुनै राष्ट्रसेवकले आफु वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले वा राष्ट्र वा श्री ५ तथा श्री ५ को सरकार वा सरकारी मान्यता प्राप्त कुनै संस्था वा कुनै व्यक्तिलाई गैरकानूनी हानी पुर्याउने बदनियतले नेपाल कानून जानीजानी पालन नगरेको वा शर्त, कवुलियत वा संझौता जानीजानी पालन नगरेको वा सरकारी सुविधा वा अधिकारको दूरुपयोग गरेको वा त्यस्तो सुविधा वा अधिकार प्राप्त गरेको तथ्य स्थापित हुनपर्नेमा प्रस्तुत मुद्दामा प्रतिवादीहरुले उल्लेखित कानूनी व्यवस्था अनुसार आफूलाई वा अरु कसैलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले आफ्नो क्षेत्रभित्रको सरकारी वनको रुख काटेको वा काट्ने कार्यमा अरु कसैसंग मिलेमतो गरेको भन्ने तथ्य सबुद प्रमाणबाट पुष्टि हुन सकेको नपाइने । § वन कार्यालयमा कार्यरत कर्मचारीले आफ्नो पदीय कर्तव्य तथा जिम्मेवारी पूरा नगरेको कारणले श्री ५ को सरकारलाई हानी हुने गरी सरकारी वन जंगलका रुखहरु काटिएको वा मासिएको भन्ने विषय भ्रष्टाचारजन्य कसूर भन्दा पनि कर्मचारी उपर विभागीय कारवाही हुन सक्ने प्रकृतिको दायराभित्र पर्न सक्ने देखिन आउंछ । यसर्थ केवल अनुमानको आधारमा यी प्रतिवादीहरुले भ्रष्टाचार जन्य कसूर गरेको भन्न सकिने अवस्था नदेखिएकोले प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाइ दिने गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५६।१२।२१ को इन्साफ मनासिव देखिंदा सदर हुने । (प्र.नं.४६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7271
मुद्दाको विषयभ्रष्टाचार ।
निर्णय वर्ष / मिति2060/01/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7271
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्