नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7287 · वि.सं. २०६०

नि.नं. 7287 — निर्णय वदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीले वनाएको घरले चर्चेको जग्गा वाहेक अरु जग्गाको मोही नामसारी हुने नहुने तर्फ कानून वमोजिम निर्णय गर्न गुठीमा पठाउने यस अदालतको मिति २०५१।६।३ को फैसला कायम रहेको अवस्थामा गुठीले मोही नामसारी तर्फ निर्णय गरेको कुराका सम्वन्धमा प्रस्तुत मुद्दामा विचार गर्नुपर्ने स्थिति नहुने । § गुठी संस्थान ऐन, २०३३ दफा ३९(२) को उपदफा (१) वमोजिम प्रशासकले वा प्रशासकको काम गर्ने प्रशासकीय प्रमुखले गरेको निर्णयमा चित्त नवुझ्ने व्यक्तिले सो निर्णय उपर ३५ दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन दिन सक्नेछ भन्ने कानूनी व्यवस्था रहेको देखिएको हुँदा गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को अधिकारक्षेत्र भित्र रही सो भित्रको विषयमा निर्णय गरेको खण्डमा मात्र पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने कुरा ऐ. को उपदफा २ ले प्रष्टरुपमा तोकेको हुँदा प्रस्तुत मोही नामसारी र कित्ताकाटको विषय उक्त दफा ३९ को विषयवस्तु भित्र पर्ने नदेखिने । § न्याय प्रशासन ऐन, २०४८ को दफा ८ अनुसार पुनरावेदन लाग्ने हो कि त भन्नलाई पनि गुठी तहसिल कार्यालयको सो निर्णय उपर पनुरावेदन अदालतमा पुनरावेदन लाग्न सक्ने अवस्था देखिदैन भनी यस अदालतवाट सिद्धान्त प्रतिपादन भएको देखिएको परिप्रेक्ष्यमा पुनरावेदन अदातलले प्रस्तुत मुद्दामा पुनरावेदकिय क्षेत्राधिकार ग्रहण गरेको मिलेको नदेखिने । § मुलुकी ऐन अदालती वन्दोवस्तको ३५ नं. ले पनि आफूले हेर्न हुने मुद्दा वाहेक अरु मुद्दा हेरे छिनेको भए वदर हुने देखिदा उल्लेखित कानून र प्रतिपादित सिद्धान्त समेतका आधारमा आफू कहाँ पुनरावेदन नै नलाग्ने विषयमा वादी सूर्यभक्तिको पुनरावेदन ग्रहण गरी गुठी संस्थान काठमाडौं गुठी तहसिल कार्यालयको निर्णय वदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५५।१।४ को फैसला मिलेको नदेखिंदा वदर हुने । (प्र.नं. १३ र १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7287
मुद्दाको विषयनिर्णय वदर
निर्णय वर्ष / मिति2060/03/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7287
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्