नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7280 · वि.सं. २०६०

नि.नं. 7280 — हक सफा

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बादीहरुको जुन जग्गाहरुमा आवतजावत गर्नको लागि विवादित जग्गाहरु सन्धीसर्पन पर्ने भन्ने बादीको दावी छ उक्त न.नं. १५ को दशगजा क्षेत्रबाट ती जग्गाहरुमा आवतजावत गर्न मिल्ने नक्सा मुचुल्काबाट देखिन आयो । उक्त नक्सा मुचुल्काबाट विवादित जग्गाहरुबाट बाहेक बादीहरुको जग्गामा आवत जावत गर्न नमिल्ने अवस्था नभएको हुँदा बादीहरुको जग्गासँग विवादको जग्गाहरुलाई बादीहरुको सन्धीसर्पन पर्ने भन्न मिलेन । अतः सन्धीसर्पन पर्ने भनी दावी बमोजिम विवादको जग्गाहरु बादीहरुलाई निखनाई हकसफा गरी दिनुपर्ने ठहर गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको देखिदा सदर हुने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7280
मुद्दाको विषयहक सफा
निर्णय वर्ष / मिति2060/03/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7280
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्