नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7285 · वि.सं. २०६०
नि.नं. 7285 — डांका खुन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फौजदारी मुद्दामा प्रतिवादी उपरको कसूर विवाद रहित तवरले प्रमाणित गर्ने भार वादी पक्षमा रहने कानूनी व्यवस्था वमोजिम प्रतिवादीहरुले वारदातका क्रममा को को भै के कसरी के कुन तरिकावाट वारदात घटाएको हो त्यो कुराको पुष्टी मिसिल कागज प्रमाणवाट देखिनु फौजदारी न्यायको रोहमा महत्वपूर्ण पक्ष रहने । § फौज्दारी न्याय प्रशासनमा सरकारी पक्षको कर्तब्य वारदातको वारेमा वयान गराउनु, म्याद थप्नु, अभियोग पत्र दायर गर्नु र वहस पैरवी गर्नुका मात्र सिमित रहने हुदैन, अभियोग दावी लिइएका व्यक्तिहरुको उक्त अपराधमा के कुन तरिकाले सँलग्न रहेको थियो निजको भूमिका घटनामा के कस्तो थियो, उक्त कुरा पुष्टि हुने दशी प्रमाण के कस्ता छन् ? सो को यथार्थ विवरण मिसिलवाट देखिनु पर्ने । § शंका रहित तवरवाट प्रतिवादीहरु उपरको अभियोग समर्थन प्रमाणवाट पुष्टी हुन नआएको स्थितिमा केवल अनुमान र प्रहरीमा भएकै वयानको आधारमा दोषी कायम गर्नु न्यायोचित एवं कानूनी राज्यको मान्य सिद्धान्त वमोजिम भएको मान्न नमिल्ने हुँदा प्रत्यर्थी प्रतिवादीहरुलाई अभियोग दावीवाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिदा सदर हुने । § प्र. वैजनाथ महतो खुल्वटको अभियोग दावी प्रमाणित गर्ने प्रमाणको रुपमा जाहेरी, पानी पटाउन गएका मिश्री ठाकुर एवं वच्चा राउत कुर्मीको कागज, मृतककी श्रीमती आइत वरियाको वयान कागज लगायत अधिकार प्राप्त अधिकारी समक्षको सह–अभियुक्तहरुको पोल वाहेक स्वतन्त्र रुपले निजको वारदातमा सँलग्नता थियो भन्ने ठोस वस्तुनिष्ठ आधार प्रमाण मिसिलवाट देखिन आएन । जाहेरी दरखास्त, प्रहरी समक्षको वयान, पीडित पक्षको कागजले त्यतिवेला प्रमाणको रुप धारण गर्छ जुन वेला अन्य स्वतन्त्र रुपवाट घटनाको स्वरुपलाई चित्रण गर्ने प्रमाण मौजुद रहन्छ । अभियोग दावीलाई पुष्ट्याई गर्ने माथि उल्लेखित जाहेरी दरखास्त, प्रहरी समक्षको वयान कदापी हुन नसक्ने । § ज्यान डाका जस्तो संगिन अपराधमा केवल शंका र अनुमानको भरमा कसूरदार ठहर्याउनु मिल्ने नहुँदा पुनरावेदन अदालत हेटौडाले निज वैजनाथ महतोलाई कैद बर्ष तीन गरेको रायसँग सहमत हुन नसकिदा सो उल्टी भई निजले अयिभोग दावीवाट सफाइ पाउने । (प्र.नं. ४१ र ४२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7285 |
|---|---|
| मुद्दाको विषय | डांका खुन |
| निर्णय वर्ष / मिति | 2060/02/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री राम नगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7285 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
