नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7277 · वि.सं. २०६०
नि.नं. 7277 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मृतकको शव परीक्षण प्रतिवेदन हेर्दा, घाँटी भाँचिएको र श्वास प्रश्वास क्रिया वन्द भै मृत्यु भएको भन्ने देखिन्छ । जातक मृतक अवस्थामा जन्मिएको भए घाँटी भाचिनु पर्ने कारण देखिदैन । मानवहादुरसंगको अवैध सम्वन्धमा जन्मिएको भै लोकलाजवाट वच्न घाँटी थिची मारेको हुँ भन्ने निजको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयानलाई शव परीक्षण प्रतिवेदनले पुष्टी गरी रहेको अवस्थामा जातक मरेको जन्मिएको थियो भन्ने निजको अदालत समक्षको वयानलाई अन्य कुनै प्रमाणले समर्थन नगरेको अवस्थामा विश्वास गर्न नसकिने । § अवैध सम्वन्धवाट जन्मिएको जातकलाई मारेको भन्ने अधिकार प्राप्त अधिकारी समक्ष भएको यिनको वयानलाई शव परीक्षण प्रतिवेदनले पुष्टि गरेको र अदालत समक्ष भएको यि प्रतिवादीको इन्कारी वयानलाई समर्थन गर्ने अन्य कुनै प्रमाण आउन नसकेको अवस्था हुँदा जातक जिउँदै जन्मिएको र लोकलाजवाट वच्न यिनले कर्तव्य गरी मारेको देखिंदा यि प्रतिवादी मीरा तामाङ्गलाई मुलुकी ऐन,ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने ठहर गरेको शुरु मोरङ्ग जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५८।८।१४ को फैसला मिलेको देखिंदा सदर हुने । § अवैध सम्वन्धवाट जन्मिएको वच्चालाई लोकलाजवाट वच्नको लागि मारेको अवस्था हुँदा सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने भनी ५ वर्ष मात्र कैद सजाय गर्न उपयुक्त हुने भनी अ.व.१८८नं. वमोजिम लगाएको राय समेत मनासिव देखिंदा जाहेर भएको राय र साधक सदर हुने । (प्र.नं. १९ र २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7277 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2060/05/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7277 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
