नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7269 · वि.सं. २०६०

नि.नं. 7269 — लिखत वदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ साविकको उल्लेखित कि.नं. १६५ को जग्गालाई चक्र कुमारीले २०१४ सालमा नरवहादुर खत्रीवाट फार्छेपत्र पारित गरी लिएको देखिन्छ । उक्त लिखत गराई लिएको जग्गा दाइजोवाट प्राप्त निजी आर्जन भनी प्रतिवादीहरुले जिकिर लिएकोमा उक्त २०१४ सालको पारित फार्छे पत्र हेर्दा सो कि.नं. १६५ को जग्गा चक्र कुमारीलाई दाइजो स्वरुप प्राप्त भएको भन्ने कुरा खुल्न आउदैन र निजको निजी आर्जनको भन्ने पनि उल्लेख भएको देखिंदैन । चक्रकुमारीले रु. ७१५०।– मा खरिद गरी लिएको भन्ने तथ्य लिखतवाट खुल्न आउंछ तर आफ्नो दाइजोको रकमवाट खरिद गरेको भन्ने लिखतमा कही कतै उल्लेख भएको नपाइने र अन्य कुनै तथ्यवाट पुष्टी हुन सकेको पनि नदेखिने । § मिति २०३७।९।१७ को लिखतमा निजी आर्जन भन्ने उल्लेख भएको र सो उपर वादीहरुको नालिस पर्न नआएको भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताहरुले आफ्नो वहसका क्रममा व्यक्त गर्नु भएको छ । उक्त २०३७।९।१७ को लिखतको कैफियत महलमा निजी आर्जनको भनी उल्लेख गर्दैमा सो सम्पत्ति आफूखुश गर्न पाउने निजी आर्जनको सम्पत्ति रहेछ भनी स्वत : अनुमान गर्न नमिल्ने । § मिति ०३७ सालको लिखत उपर वादीले नालेस उजुर नगरेको र उक्त कैफियत व्यहोरा वदर गराउन नसकेको भन्ने प्रश्नका सन्दर्भमा उक्त लिखत उपर दावी उजुर गर्नु नगर्नु वादीको स्वेच्छाको कुरा हो । एउटा संपत्ति पर दावी छाड्दैमा अन्य संपत्ति उपर दावी गर्न मिल्दैन भन्ने हुँदैन । यसका अतिरिक्त उक्त ०३७ सालको प्र.चक्र कुमारी आफैले गरी दिएको लिखतमा आफै निजी आर्जनको भनी प्रमाणित गर्न खोजेको देखिएको छ । आफ्नो कुरालाई आफैले भनेको कुराले प्रमाणित गर्दैन, अन्य तथ्य र स्वतन्त्र प्रमाणद्वारा पुष्टि गरिनु पर्दछ । प्रमाण कानूनको सिद्धान्त पनि यही हो । त्यसमा पनि अघिको तथ्यलाई पछि वनाइएको वा निर्माण गरिएको तथ्य प्रमाणले पुष्टि हुने पनि होइन । ०१४ सालको लिखतको संपत्तिलाई ०३७ सालको लिखतको व्यहोराले निजी आर्जन भनेर पुष्टि गरेको मान्न पनि नमिल्ने । § मिसिल संलग्न अन्य कुनै पनि सवुद प्रमाणहरुले आफू खुश गर्न पाउने निजी आर्जनको एकलौटी सम्पत्ति हो भन्ने कुरालाई पुष्टयाई गर्न नसकिरहेको स्थितिमा २०२३ सालमा वण्डापत्र हुँदा २०१४ सालमा चक्रकुमारीले प्राप्त गरेको जग्गा वण्डा नलागेको वा अवण्डा रहेको नदेखिएको भन्ने आधारबाट मात्रै सो सम्पत्ति चक्र कुमारीको निजी तवरले आफूखुश गर्न पाउने सम्पत्ति रहेछ भनी अर्थ गर्न मिल्दैन र आमा छोराका वीच वण्डा नलाग्ने संपत्ति हो भन्न नसकिने । § प्रतिवादीहरुले आफूखुश गर्न पाउने दाइजोबाट प्राप्त सम्पत्ति भनी जिकिर लिएको विवादित जग्गा २०१४।८।२१ मा चक्र कुमारीका नाउमा कायम हुन आएको र मुलुकी ऐनमा मिति २०३४।९।२७ मा सातौं संशोधन हुनु पूर्व सगोलमा रहे भएको अवस्थामा आर्जन गरिएको संपत्ति वण्डा लाग्ने भन्ने तत्कालको अंश वण्डाको १८ नं. को कानूनी व्यवस्थाको आधारमा समेत विवादित संपत्ति निजी आर्जनको आफूखुश गर्न पाउने भनी अर्थ गर्न नमिल्ने । (प्र.नं. १७ देखि २०) § विवादित जग्गामा वादीहरुको समेत अंश हक लाग्ने भएको र लिखत पारित गरि दिंदा वादीहरुको समेत मंजुरी लिन पर्नेमा सो लिएको नदेखिएका भनी ७ भागको २ भाग लिखत वदर हुने ठहर्‍याएको काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटन दुवैको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ठहर्‍याएको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय संग सहमत हुन नसकिई विवादित २०५०।११।८ को वकसपत्र लिखतको घर जग्गा मध्ये ७ भागको २ भाग वदर हुने ठहर्‍याई नरम करम मिलाई दर्ता गरी वादीको हक कायम भै चलन समेत पाउने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको फैसला सदर हुने गरी व्यक्त गरेको माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय सदर हुने । (प्र.नं.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7269
मुद्दाको विषयलिखत वदर
निर्णय वर्ष / मिति2060/09/24
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री वलिरामकुमार | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री हरिश्चन्द | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय सदर  हुने । | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय संग सहमत हुन नसकेकाले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) वमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेतको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय । | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय संग सहमत हुन नसकेकाले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) वमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेतको माननीय न्यायाधीश मीनवहादुर रायमाझीको राय । | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय संग सहमत हुन सकिएन । विवादित २०५०।११।८ को  वकसपत्र  लिखतको घर जग्गा मध्ये ७ भागको २ भाग वदर हुने ठह | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझीको राय सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाईदिनु ।
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7269
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्