नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7290 · वि.सं. २०६०
नि.नं. 7290 — उत्प्रेषण, परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कानून वमोजिम अधिकार प्राप्त निकाय देखि वाहेकको अन्य निकायले गराएको कानून विपरीतको कुनैपनि व्यहोराको कागजले कानूनी मान्यता प्राप्त गर्न सक्ने हुदैन । निवेदन जिकिर वमोजिम जवरजस्ती कागज गराएको अवस्थामा निवेदकले अ.वं. ३८ नं. वमोजिम करकापमा उजुर गर्न सक्ने स्थिति रहेकोमा सो उपचारको मार्ग अवलम्वन नगरी रिट क्षेत्रमा प्रवेश गरेको देखिदा प्रस्तुत निवेदनवाट कारवाही अगाडि वढाउन उपयुक्त नहुँदा विपक्षीहरुका नाउँमा कारण देखाउ आदेश जारी गरिरहनु नपरी प्रस्तुत निवेदन खारेज हुने। (प्र.नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7290 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेश |
| निर्णय वर्ष / मिति | 2060/10/13 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7290 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
