नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7289 · वि.सं. २०६०
नि.नं. 7289 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कानूनले निर्धारण गरेको पारिश्रमिक सम्वन्धी व्यवस्थाको विषयमा महानगरपालिकाको मिति २०६०।७।१ को वैठकले छुट्टै व्यवस्था हुने गरी निर्णय गरेको भनी निवेदकले दावी लिएतापनि उक्त वैठकको निर्णयको प्रतिलिपि वा निर्णय भएको भन्ने सन्दर्भमा कुनै आधार प्रमाण पेश गरेको देखिन नआउनुका साथै मिति २०६०।७।१ को भनिएको निर्णयको प्रतिलिपि प्रत्यर्थी महानगरपालिकासंग माग गर्दा नदिएको भन्ने निवेदकको जिकिर रहेको भए पनि त्यसरी प्रतिलिपि माग गरेको सन्दर्भमा समेत कुनै आधार प्रमाण प्रस्तुत गर्न सकेको नदेखिदा संचारका साधनमा प्रकाशित खवर टिप्पणीको आधारमा मात्र दिएको रिट निवेदनवाट प्रत्यर्थीहरुका नाउँमा कारण देखाउ आदेश जारी गरी लिखित जवाफ माग गर्नुपर्ने अवस्था नदेखिने । (प्र.नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7289 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2060/07/05 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय आदेशमा दस्तखत नहुदै परलोक हुनु भएको हुँदा सम्माननीय प्रधानन्यायाधीशज्यूको मिति २०६०।११।५ को टिप्पणी आदेश वमोजिम प्रमाणि गर्दछु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7289 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
