नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7283 · वि.सं. २०६०

नि.नं. 7283 — खिचोला हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मिति २०५३।५।३१ मा भक्तपुर नगरपालिकाबाट हक बेहकमा अदालतमा जाने भनी सुनाउने निर्णयबाट वादीलाई नालेस गर्नुपर्ने कारण परेको र सोही मितिलाई नै थाहा पाएको मिति मान्नु पर्ने भै सो मितिले ३५ दिन २०५३।७।४ मा पुग्नेमा २०५३।७।१० सम्म विजयादशमी बिदा र ११ गते आइतवार परेकोले सोको भोलीपल्ट अड्डा खुलेको दिन २०५३।७।१२ मा प्रस्तुत फिराद परेको देखिदा वादी बखतवहादुर श्रेष्ठ समेत प्रतिवादी इन्द्र गोपाल श्रेष्ठ समेत भएको जग्गा खिचोला मुद्दामा नगरपञ्चायतले हक कायम गराई ल्याउनु भनी सुनाएकोमा दुवै पक्षले हक कायम गराउन अदालतमा नगई पछिबाट खिचोला गरेको भनी सोही मितिबाट मुद्दा गर्नुपर्ने कारण परेको भनी तर्क गर्न नमिल्ने । § भक्तपुर नगरपालिकाले अदालतबाट हक बेहकमा निर्णय गराई ल्याउनु भनी सुनाएको मिति २०५३।५।३१ बाट ऐनका म्याद भित्र परेको फिरादलाई यिनै प्रतिवादीहरुले २०५२।२।२१ मा दिएको उजुरी निवेदनलाई नै मुद्दा गर्नुपर्ने कारण मानी सोही मितिबाट ज.मि.को १८ नं.र ज.प.को १७ नं.को हद म्याद ६ महिना भित्र उजुर नगरेको भन्ने आधारमा प्रस्तुत फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०५६।९।१३ को फैसला मिलेको नहुँदा बदर हुने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7283
मुद्दाको विषयखिचोला हक कायम
निर्णय वर्ष / मिति2060/09/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7283
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्