सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १६५ / ४४०

नि.नं. 7578वि.सं. २०६२विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(१) अनुसारको आदेश तथा ८८(२) अनुसार परमादेश लगायतको उपयुक्त आज्ञा आदेश जारी गरिपाऊँ ।

§ बालअदालत गठन नभएसम्मका लागि गरिएको बालइजलास स्थायी संरचना होइन । मूल संरचना अर्थात् बालअदालततर्फ उन्मूख नभई बालइजलास मात्र स्थापना गरी सरकारको कर्तव्य पूरा भएको मान्न नमिल्ने । § ऐनले नै बालअदालत गठन गर्नुपर्ने कुरालाई प्राथमिकताक्रममा अगाडि राखिसकेको र सो ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7577वि.सं. २०६२विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम वाझिएको कानून अमान्य एवं बदर घोषित गरिपाऊँ ।

§ महिलाको राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, नागरिक वा अरु कुनै विषयसम्बन्धी मानव अधिकार तथा स्वतन्त्रतालाई, आफ्नो वैवाहिक स्थिति जे जस्तो रहेको भएतापनि पुरुष सरह समानताको आधारमा महिलाले उपभोग गर्नमा वा प्रयोग गर्नमा ब्यवधान पार्ने वा त्यसको मान्यतालाई नै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7576वि.सं. २०६२विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र (२) बमोजिम संविधान र अन्तर्राष्ट्रिय सन्धि, सम्झौतासँग बाझिएको कानून अमान्य र बदर घोषित गरिपाऊँ ।

§ नियम खारेज गर्ने पहल भएको छ भन्नु र नियम खारेज भइसकेको भन्नु फरक कुराहरू हुने। § विवादित नियमहरू निष्कृय भइनसकेको अवस्थामा त्यसको संवैधानिकताको परीक्षण नै हुनुपर्ने अवस्था नरहेको मान्न नमिल्ने र निवेदकले निरर्थक प्रयास गरेको ठान्न नमिल्ने । (प्रकरण नं.२५) §…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7575वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि गरी पाऊँ ।

§ अधिकारक्षेत्रको प्रयोग गर्दा बहुतै होसियार साथ गर्नुपर्ने । § अधिकारको अतिक्रमणले ऐनको प्रयोगमा ठूलो असर पर्न सक्ने । § एउटा कार्यालयलाई निर्णय गर्ने अधिकार दिइएको छ र त्यो निर्णय कार्यान्वयन गर्ने कार्यालयले कार्यान्वयनको कार्यसम्म गर्ने हो । कार्यान्वयन गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7574वि.सं. २०६२संयुक्त इजलास

लिखत दर्ता बदर दर्ता ।

§ एकासगोलमा रहेको अवस्थामा खरीद गरेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म संगोलकै सम्पत्तिवाट बढे बढाएको मान्नुपर्ने । § प्रमाण ऐन, २०३१ को दफा ६(क) मा एकाघरसंगका अंशियारहरू मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7573वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण परमादेश ।

§ समान र समान बीच अर्थात Equals र Equals बीच यदी कुनै मापदण्ड वा आधार विना एउटा वर्गको लागि कुनै सहुलियत प्रदान गरिन्छ तर त्यस्तै समान अवस्थाको अर्थात Similarly situated अन्य वर्गलाई भने सहुलियतवाट वन्चित गरिन्छ भने त्यस्तो अवस्थामा मात्र असमान र भेदभाव गरेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7572वि.सं. २०६२संयुक्त इजलास

लिखत बदर

§ जग्गाधनीको जग्गा आफ्नो वा आफ्नो परिवारको परिश्रमबाट कमाई आएको अवस्थामा प्राप्त जग्गालाई मात्र मोहीयानी जग्गा भन्न मिल्ने । § मोहीको हैसियतले मात्र नभई मूल्य समेत तिरी मानो नछुट्टिई संगोलमै बसेको अवस्थामा प्राप्त गरेको जग्गा वण्डा गर्न नमिल्ने । § जग्गाको मूल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7571वि.सं. २०६२संयुक्त इजलास

जिउ मास्ने वेच्ने ।

§ महिला उपर हुने यौन शोषणमा अन्य फौजदारी अपराधमा जस्तो प्रत्यक्षदर्शी प्रमाण नहुन सक्छ । पीडित व्यक्ति र पीडितको शारिरीक परीक्षण प्रतिवेदन नै प्रमुख प्रमाण हुने । § नारीहरूलाई वेश्यावृत्तिमा लगाउनु जघन्य अपराध हो । यसप्रकारको वेश्यावृत्तीमा लगाउने अपराधलाई हाम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7570वि.सं. २०६२संयुक्त इजलास

जवरजस्ती करणी ।

§ पीडितलाई जवरजस्ती करणी गर्न लिङ्ग पसाउने वित्तिकै पीडितले हो हल्ला गरेको कारणवाट प्रतिवादीले लगातार करणी गर्न नसकेको अवस्थामा तत्काल विर्य स्खलन नभएको पनि हुन सक्ने स्थिति देखिएकोले योनिमा विर्य नदेखिएको र hymen नच्यातिएको हुन सक्ने अवस्था पनि स्वभाविक हुँदा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7569वि.सं. २०६२संयुक्त इजलास

मोही नामसारी, मोही कायम ।

§ हक प्राप्त मोहीको मृत्युपछि हक खाने नाताको व्यक्तिमा मात्र जग्गावालाले पत्याएको व्यक्तिले मात्र मोही हक प्राप्त गर्न सक्ने । § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) ले मोहियानी हक खरीद गर्न वा दानदातव्यको रुपमा वा अरु किसिमले हक छोडाई लिन पाइने छैन र सरकारी वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7568वि.सं. २०६२संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण ।

§ थुनामा राख्न आदेश गर्ने र थुनामा राख्ने अवधि समाप्त भैसकेपश्चात् पनि बन्दीलाई नछाडी अदालतलाई देखाउन मात्र वन्दी छाडेको कागज तयार गर्ने र पुनः थुनामा राख्ने आदेश गर्ने राज्यपक्षबाट हुने गैरजिम्मेवारी कार्यलाई यस अदालतले tolerate गर्न नसक्ने । § निवेदकलाई थुना…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7567वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश जारी गरिपाऊँ ।

§ साविकदेखि काम गरिरहेको कर्मचारीको सेवालाई निरन्तरता दिएकोमा त्यसपछि आएको नियमले समुहकृत नभएका पदहरू पनि समुहकृत भएकोमा समुहिकृत भएको पदमा त्यस्तो कर्मचारीलाई समुहभित्रकै मानी वढुवा समेत दिएकोमा हाल आएर साविकको समुह समुहिकृत गर्ने नियमले समुहिकृत नगरेको भनी भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7566वि.सं. २०६२संयुक्त इजलास

अंश चलन ।

§ प्रमाण ऐन, २०३१ को दफा ६(क) को कानूनी व्यवस्था हेर्दा एकाघर संगका अंशियारहरू मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलको हो भनी अनुमान गर्नुपर्ने । § एकासगोलको अंशियार आमाबाट संगोलकै अंशियारा छोरा यि पुनरावेदकले गराई लिएको हा.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7565वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ ।

§ कानूनले नै स्पष्ट कार्यविधि तोकेको अवस्थामा सो कार्यविधिको अक्षरस पालना नभई नोकरीवाट हटाउने गरेको निर्णय तथा कामकारवाहीलाई कानूनसम्मत र प्राकृतिक न्यायको सिद्धान्त अनुकूल भएको भन्न नमिल्ने । (प्रकरण नं.१६) § कर्मचारीलाई विभागीय सजाय गर्दाका अवस्थामा अधिकार प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7564वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण ।

§ ऐन नियमले निर्धारित प्रक्रिया पुरा गरी स्थायी नियुक्ति भएका कर्मचारीले पाउने सरह सेवा सर्त सुविधा तथा अन्य भत्ता ज्यालादारीमा कार्यरत कर्मचारीले उपभोग गर्न पाउने गरी ऐन नियममा व्यवस्था भएको नदेखिने । § अस्थायी वा ज्यालादारी वा करारमा नियुक्त कर्मचारीले आफूला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7563वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ नाचघर र व्यापारिक कम्प्लेक्स प्रयोजनका लागि भूमिगत पार्किङ सहित निवेदककै घर अगाडि बन्न लागेको अत्याधुनिक भवनको प्लिन्थ लेभलसम्मको निर्माण कार्य हुँदा निवेदकलाई थाहा जानकारी नभएको भन्ने निवेदन दावी विश्वसनीय नदेखिने । § जग खन्दाकै अवस्थादेखि थाहा पाउने स्थिति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7562वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ आयकरको सम्वन्धमा आकर्षित हुने मूल ऐनले नै कुनै उद्योगको आयकर नलाग्ने कुरा औद्योगिक व्यवसाय ऐनमा उल्लेख छ भने त्यस्तोमा आयकर नलाग्ने । § ५ वर्षसम्म आयकर छुट कम्पनी हो भन्नेमा विवाद नभएको अवस्थामा कर लाग्ने कम्पनी र आयकर छुट रहेको कम्पनीको हकमा समेत आर्थिक ऐनम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7561वि.सं. २०६२विशेष इजलास

कारागार ऐन, २०१९ (दोश्रो संशोधन) अध्यादेश, ०६१ को दफा १० ग अमान्य र बदर घोषित गरी परमादेश लगायत जुनसुकै उपयुक्त आदेश जारी गरिपाऊँ ।

§ राज्यले अपनाउने दण्ड नीति यस किसिमको हुनुपर्छ भनी अदालतले निर्देशित गर्न नमिल्ने । § कुन मुद्दाको कैदीलाई कारागारमा राख्न उपयुक्त हुने, कुन मुद्दाका कैदीलाई सामुदायिक सेवामा लगाउन वा खुल्ला कारागारमा पठाउन सकिने वा नसकिने भनी सरकारले तोक्नसक्ने हुँदा यस्तोमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7560वि.सं. २०६२विशेष इजलास

उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरिपाऊँ ।

§ ऐनले नै खास खास कुराहरू तोकी ऐन निर्माणका अवस्थामा निर्धारण गरेको शर्तले मात्र ऐनको उद्देश्य पूर्ति हुने नभएमा ऐनमा नै संशोधन हुनुपर्ने । § मूल ऐनले नतोकेको शर्त वा बन्देज वा कुनै कुराहरू प्रत्यायोजित अधिकार प्रयोग गर्नेले नियमावली वा आचारसंहितामा थप्दै जांद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7559वि.सं. २०६२विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र (२) बमोजिम उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरिपाऊँ ।

§ विद्यालयलाई विद्यार्थीले तिर्ने शुल्क विद्यालयवाट प्राप्त गर्ने शिक्षाको गुणस्तर तथा भौतिक सुविधा सापेक्ष हुने भएकाले विद्यालयको भौतिक सुविधाको स्तर र प्रदान गर्ने शैक्षिक गुणस्तरका आधारमा विद्यालयको वर्गिकरण गरी सोही बमोजिम शुल्क लिने व्यवस्थालाई संविधान वि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7558वि.सं. २०६२संयुक्त इजलास

मोही कायम ।

§ मोही नभएको जग्गामा मोही हुनको लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३४ ले दुबै पक्षबीच कबुलियत गरिएको हुनुपर्नेमा न त जग्गाधनी र यी वादी बीच जग्गा जोतभोग गर्न दोहोरो कबुलियत भएको छ न वादीको लोग्नेको नाउँमा मोही दर्ता भएको छ । यस्तो अवस्थामा एकबाली लगाएमा मोही क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7557वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ रिटनिवेदनमा अन्तर्राष्ट्रिय श्रम संगठनको कन्भेन्सन, सन्धि ऐनको दफा ९ र नेपाल भारतको शान्ति र मित्रताको सन्धिसम्बन्धी कुरा उल्लेख गरेकोमा प्रस्तुत रिटमा उक्त बिषय कसरी सान्दर्भिक हुन आए निवेदन दावीमा खुलाउन सकेको पाइदैन । उक्त सन्धिमा जात, रङ, लिङ्ग, धर्म, रा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7556वि.सं. २०६२संयुक्त इजलास

अपुताली हक कायम ।

§ अधिकार प्राप्त निकायवाट नाता प्रमाणित गरी दिएको प्रमाणलाई सप्रमाण खण्डन गर्न नसकेको अवस्थामा त्यस्तो प्रमाण अग्राह्य हुनसक्ने अवस्था नदेखिने । § अधिकार प्राप्त अधिकारीले नाता प्रमाणित गरी दिएको कुरामा प्रतिवादीले विवाद नउठाएपछि वादीलाईनै नजिकको हकवाला मान्नु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7555वि.सं. २०६२संयुक्त इजलास

कर्तव्यज्यान ।

§ प्रहरी समक्षको साविती वयान मात्रको आधारमा निर्दोष व्यक्ति पनि अपराधी ठहर्न सक्ने शँकाजनक अवस्थामा सजाँय गर्नु हुँदैन, न्याय पर्दैन भन्ने आधारमा प्रहरी समक्षको साविती वयानलाई अन्य प्रमाण नभएमा प्रमाण लिईदैन र त्यस्तो अवस्थामा सजाँय गर्नु अन्याय हुन्छ भन्ने आध…

नजिर सार पढ्नुहोस् →