नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7569 · वि.सं. २०६२
नि.नं. 7569 — मोही नामसारी, मोही कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ हक प्राप्त मोहीको मृत्युपछि हक खाने नाताको व्यक्तिमा मात्र जग्गावालाले पत्याएको व्यक्तिले मात्र मोही हक प्राप्त गर्न सक्ने । § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) ले मोहियानी हक खरीद गर्न वा दानदातव्यको रुपमा वा अरु किसिमले हक छोडाई लिन पाइने छैन र सरकारी वा गैरसरकारी विगो वा सजायमा लिलाम विक्रि हुनेछैन भन्ने व्यवस्था गरेकाले मोहीले जग्गा कमाई खान पाउने र आफूले कमाई आएको जग्गाको मोही हक हस्तान्तरण हुन सक्ने नदेखिने । (प्रकरण नं.१९) § पुनरावेदकका पिताले मोही यी प्रत्यर्थीका वावुलाई आफ्नो जग्गा दिई निजको मोही हक पारीत गरिलिएको सट्टापट्टाको कार्य कानूनसम्मत छ भन्न नमिल्ने । (प्रकरण नं.२०) § आफूले जग्गा दिई मोही हक पारीत गरिलिएको भन्दैमा त्यस्तो कानूनसंगत नभएको लिखतको आधारवाट यी पुनरावेदकलाई विवादको जग्गाको मोही हक प्राप्त हुनसक्छ भन्न नमिल्ने। (प्रकरण नं.२१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7569 |
|---|---|
| मुद्दाको विषय | मोही नामसारी, मोही कायम । |
| निर्णय वर्ष / मिति | 2062/07/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7569 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
