नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7572 · वि.सं. २०६२
नि.नं. 7572 — लिखत बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जग्गाधनीको जग्गा आफ्नो वा आफ्नो परिवारको परिश्रमबाट कमाई आएको अवस्थामा प्राप्त जग्गालाई मात्र मोहीयानी जग्गा भन्न मिल्ने । § मोहीको हैसियतले मात्र नभई मूल्य समेत तिरी मानो नछुट्टिई संगोलमै बसेको अवस्थामा प्राप्त गरेको जग्गा वण्डा गर्न नमिल्ने । § जग्गाको मूल्य तिरी राजिनामा गरी लिएको जग्गालाई बिना सवूद प्रमाण मोहियानी वापतको वण्डा नलाग्ने जग्गा हो भनी भन्न प्रचलित कानूनी व्यवस्था एवं प्रतिपादित सिद्धान्त समेतले नमिल्ने । § तत्कालीन मुलुकी ऐनको अंशवण्डाको १७ नं.मा “दाजुभाई एकाघरमा मानु नछुट्टीई एक चुल्होमा भात खाई बस्याका छन भन्या सबै भाईले कमायाको धन लाएको ऋण ऐनबमोजिम वरावर भाग लाग्छ भन्ने कानूनी व्यवस्था रहेको पाइएवाट सो कानूनी व्यवस्थाले हालको जस्तो निजी आर्जन वा ज्ञान शिप वा दान बकसबाट पाएको सम्पत्ति वण्डा नलाग्ने भन्ने उल्लेख नगरेबाट निजी आर्जनको जिकिर कानूनसंगत नदेखिने । (प्रकरण नं.१४) § अशवण्डाको १ नं.मा “अंशवण्डा गर्दा बाबु, आमा, स्वास्नी, छोराहरूको जिय जियैको अंश गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेबाट यस्तो संगोलको अंशवण्डा लाग्ने सम्पत्ति माथि समान तहका सबै अंशियारको बराबर हैसियत रहने हुँदा सो सम्पत्तिबाट कुनै एक अंशियारको एकलौटी भाग लाग्ने वा कसैलाई बाहेक गर्न नमिल्ने । § कित्ताकाट भै कायमी जग्गा प्रतिवादीको आफु खुस गर्न पाउने सम्पत्ति नभई वादीहरूको समेत हक लाग्ने संगोलको सम्पत्ति रहेको देखिएको राजिनामा लिखतमा यी पुनरावेदक वादीहरू साक्षी पनि नबसेको एवं मन्जुरी समेत नरहेको देखिँदा सो राजिनामाको लिखतले पूर्णतः कानूनी मान्यता नपाउने । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7572 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर |
| निर्णय वर्ष / मिति | 2062/05/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7572 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
