नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7567 · वि.सं. २०६२
नि.नं. 7567 — उत्प्रेषणयुक्त परमादेश जारी गरिपाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ साविकदेखि काम गरिरहेको कर्मचारीको सेवालाई निरन्तरता दिएकोमा त्यसपछि आएको नियमले समुहकृत नभएका पदहरू पनि समुहकृत भएकोमा समुहिकृत भएको पदमा त्यस्तो कर्मचारीलाई समुहभित्रकै मानी वढुवा समेत दिएकोमा हाल आएर साविकको समुह समुहिकृत गर्ने नियमले समुहिकृत नगरेको भनी भन्न नपाउने । § निवेदकहरू आफू राजश्व समुहमै रहेको आस्वस्त हुन सक्ने पर्याप्त आधार अख्तियारवालाकै व्यवहारवाट पुष्टी भैरहेको अवस्थामा न्यायसंगत अपेक्षाको सिद्वान्त (Doctrine of legitimate Expectation) आकर्षित हुन आउने । (प्रकरण नं.२२) § कानूनले निर्धारण गरेको प्रकृयाको पालना नगरि आफ्नै तजविजको आधारमा गरिएको निर्णय कानूनको दृष्टिमा स्वेच्छाचारी ठहरिने । § अख्तियारवालाको कामकारवाहीमा भेदभावको कुनै अंश देखा नपर्नुका साथै स्वच्छता वेदाग रहनु पर्ने । (प्रकरण नं.२४) § निवेदकहरूको न्यायसंगत अपेक्षा (legitimate Expectation) विपरीत र भेदभावपूर्ण व्यवहार गरी भएको सामान्य प्रशासन मन्त्रालयको सरुवाको निर्णय उत्प्रेषणको आदेशद्धारा वदर हुने । § पदहरू खाली देखिएको, श्री ५ को सरकारको निर्णयवाट पद सिर्जना गरि मिलाउने भन्ने निर्णय भैरहेको सन्दर्भमा यि रिट निवेदकहरूलाई राजश्व समूहमानै पद मिलान गरि पदस्थापना गर्नु भनि विपक्षीहरूका नाउँमा परमादेश समेत जारी हुने । (प्रकरण न.२५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7567 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश जारी गरिपाऊँ । |
| निर्णय वर्ष / मिति | 2061/11/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री हरिजंग सिजापती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7567 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
