नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7564 · वि.सं. २०६२
नि.नं. 7564 — उत्प्रेषण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ ऐन नियमले निर्धारित प्रक्रिया पुरा गरी स्थायी नियुक्ति भएका कर्मचारीले पाउने सरह सेवा सर्त सुविधा तथा अन्य भत्ता ज्यालादारीमा कार्यरत कर्मचारीले उपभोग गर्न पाउने गरी ऐन नियममा व्यवस्था भएको नदेखिने । § अस्थायी वा ज्यालादारी वा करारमा नियुक्त कर्मचारीले आफूलाई स्थायी कर्मचारीसँग तुलना गरी आफूलाई असमान र भेदभावपूर्ण व्यवहार गरेको भन्न नमिल्ने । § ज्यालादारीमा कार्यरत कर्मचारीले स्थायी कर्मचारीले पाए सरह सुविधा तथा भत्ता पाउँछ भन्न नमिल्ने । § रिट निवेदिका ज्यालादारीमा नियुक्ति भएको देखिँदा त्यस्तो ज्यालादारी नियुक्त कर्मचारीको सँचयकोष कट्टी गर्ने नगर्ने विषयमा यस अदालतको असाधारण अधिकारक्षेत्रवाट उपचार प्रदान गर्न नमिल्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7564 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण । |
| निर्णय वर्ष / मिति | 2062/01/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री वलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7564 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
