नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7575 · वि.सं. २०६२
नि.नं. 7575 — उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि गरी पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अधिकारक्षेत्रको प्रयोग गर्दा बहुतै होसियार साथ गर्नुपर्ने । § अधिकारको अतिक्रमणले ऐनको प्रयोगमा ठूलो असर पर्न सक्ने । § एउटा कार्यालयलाई निर्णय गर्ने अधिकार दिइएको छ र त्यो निर्णय कार्यान्वयन गर्ने कार्यालयले कार्यान्वयनको कार्यसम्म गर्ने हो । कार्यान्वयन गर्ने कार्यालयलाई फैसला संशोधन गर्ने सम्मको अधिकार दिएको छ भन्न र मान्न नमिल्ने । § मालपोत कार्यालयको टिप्पणी आदेश र भूमिसुधार कार्यालयको चलन पूर्जिको निर्णय समेत कानूनसम्मत नभएकोले उक्त चलान पूर्जि र टिप्पणी आदेश निर्णय र त्यसवाट भएको कित्ताकाट समेत उत्प्रेषणको आदेशद्वारा वदर हुने । § भूमिसुधार कार्यालयले कानून बमोजिम फैसला संशोधन गर्नुपर्ने भए गरी दुवै पक्षलाई रोहबरमा राखी नरमकरम मिलाई कारवाही चलेको मिसिलवाटै निर्णय गरी कार्य सम्पन्न गर्नु भनि विपक्षी भूमिसुधार कार्यालय र मालपोत कार्यालय समेतका नाममा परमादेश जारी हुने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7575 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि गरी पाऊँ । |
| निर्णय वर्ष / मिति | 2062/05/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत | माननीय न्यायाधीश श्री परमानन्द झा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7575 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
