नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7563 · वि.सं. २०६२
नि.नं. 7563 — उत्प्रेषण समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नाचघर र व्यापारिक कम्प्लेक्स प्रयोजनका लागि भूमिगत पार्किङ सहित निवेदककै घर अगाडि बन्न लागेको अत्याधुनिक भवनको प्लिन्थ लेभलसम्मको निर्माण कार्य हुँदा निवेदकलाई थाहा जानकारी नभएको भन्ने निवेदन दावी विश्वसनीय नदेखिने । § जग खन्दाकै अवस्थादेखि थाहा पाउने स्थितिका निवेदकहरुले समयमै आफूलाई पर्न सक्ने प्रतिकूल असरका सम्बन्धमा चनाखो रही आवश्यक उपचारको मार्ग अवलम्वन गर्नुपर्नेमा सो नगरी सरकारको पूर्ण स्वामित्वमा रहेको बिपक्षी संस्थानको तर्फबाट राष्ट्रिय सम्पत्ति लगानी गरी प्लिन्थ लेभलसम्मको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी पहिलो तल्लाको भवन निर्माण हुँदासम्म रिट निवेदकहरु चुप लागि बस्नु पर्नाको उचित आधार समेत रिट निवेदकहरुले उल्लेख गर्न सकेको नपाइने। (प्रकरण नं.३०) § २०५९।३।२४ को नक्सापास गरि दिने टिप्पणी आदेशको उल्लेखन गर्दै सोही बमोजिम प्लिन्थ लेभल सम्मको भवन निर्माण अस्थायी इजाजत पत्रमा काठमाडौं महानगरपालिकाको शहरी विकास विभाग, नक्सा शाखाको विभागीय प्रमुखबाट दस्तखतसम्म गरेको कामकारवाहीलाई अनधिकृत एवं क्षेत्राधिकारविहिन भन्न नमिल्ने । (प्रकरण नं.३१) § मिति ०५९।३।२६ को अस्थायी इजाजतको मूल आधार २०५९।३।२४ को नक्सापासको टिप्पणी आदेश बदर तर्फ निवेदन दावी नै नरहेको परिप्रेक्ष्यमा उक्त टिप्पणी आदेश बमोजिम दिइएको इजाजत पत्र मापदण्ड अनुरुपको छ, छैन ? भन्ने प्रश्नको निराकरण गरी रहनुको कुनै औचित्य नदेखिने । (प्रकरण नं.३२) § काठमाण्डौ महानगरपालिकाको प्रमूखबाट २०६१।६।२६ मा मापदण्ड अनुरुपको संशोधित साइट प्लान सहितको नक्सापास गर्ने निर्णय भई प्लिन्थ लेभल भन्दा माथि Super Structure को लागि भवन निर्माण स्थायि इजाजतपत्र समेत दिइसकेको देखिएको र सो बमोजिम भवन निर्माणसम्बन्धी अधिकांश कार्य सम्पन्न भैसकेको पाइँदा मापदण्ड विपरीत इजाजत दिइ निर्माण गरेको भन्ने निवेदन दावी औचित्यहिन देखिने । (प्रकरण नं.३३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7563 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत । |
| निर्णय वर्ष / मिति | 2062/03/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7563 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
