नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7571 · वि.सं. २०६२
नि.नं. 7571 — जिउ मास्ने वेच्ने ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ महिला उपर हुने यौन शोषणमा अन्य फौजदारी अपराधमा जस्तो प्रत्यक्षदर्शी प्रमाण नहुन सक्छ । पीडित व्यक्ति र पीडितको शारिरीक परीक्षण प्रतिवेदन नै प्रमुख प्रमाण हुने । § नारीहरूलाई वेश्यावृत्तिमा लगाउनु जघन्य अपराध हो । यसप्रकारको वेश्यावृत्तीमा लगाउने अपराधलाई हाम्रो नेपाल कानूनले मात्र होइन अन्तराष्ट्रिय रुपमा पनि यसलाई गंम्भीरताका साथ लिइएको पाइने । § महिलाहरूको हक संरक्षण गर्ने त्यस्तो कानूनी व्यवस्थाको अक्षर र भावना (Letter and spirit) लाई मनन गरेर ऐनको व्याख्या गर्नुपर्ने । (प्रकरण नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7571 |
|---|---|
| मुद्दाको विषय | जिउ मास्ने वेच्ने । |
| निर्णय वर्ष / मिति | 2062/07/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री बलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7571 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
