नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7576 · वि.सं. २०६२

नि.नं. 7576 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र (२) बमोजिम संविधान र अन्तर्राष्ट्रिय सन्धि, सम्झौतासँग बाझिएको कानून अमान्य र बदर घोषित गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नियम खारेज गर्ने पहल भएको छ भन्नु र नियम खारेज भइसकेको भन्नु फरक कुराहरू हुने। § विवादित नियमहरू निष्कृय भइनसकेको अवस्थामा त्यसको संवैधानिकताको परीक्षण नै हुनुपर्ने अवस्था नरहेको मान्न नमिल्ने र निवेदकले निरर्थक प्रयास गरेको ठान्न नमिल्ने । (प्रकरण नं.२५) § सँगठनको कार्यको प्रकृति र आवश्यकतानुसार केटाले पूरा गर्नुपर्ने कर्तव्य उसको उमेर, शारीरिक अवस्था र मानसिक क्षमतासँग नमिल्दो हुन पनि सक्तछ । त्यस्तो स्थितिले द्वन्द्वमा उनीहरूको प्रयोग हुन नसक्ने र जोखीम व्यहोर्न नपर्ने भनी निश्चित हुन सक्ने आधार पाउन नसकिने । (प्रकरण नं.३६) § शारीरिक एवं मानसिक विकास भैनसकेको र आफ्नो स्वविवेकको उमेर पुगी नसकेको अवस्थामा बालबालिकालाई विवादित नियमहरू( मा उल्लिखित शपथ र शर्तनामामा सही गराई करिब डेढसय रुपैयाँ मासिक तलव दिई सुरक्षाक्षेत्रमा कुनै रूपमा काममा लगाउने कानूनी व्यवस्थाहरू अस्तित्वमा रहनु महासन्धि विरुद्धको कार्य देखिन आउने । (प्रकरण नं.४१) § हाललाई केटा भर्ना लिने कार्य बन्द गरिएको भए पनि नियम खारेज भएको अवस्था नभएकोले कानूनको नजरमा केटा भर्ना गर्ने प्रणाली बन्द भएको मान्न नमिल्ने र केटा भर्ना गर्ने दुवै नियमहरू संविधान बमोजिमका हक एवं प्रावधानहरू विपरीत भई अन्तर्राष्ट्रिय महासन्धिको मर्म र भावना अनुकूल नभएको पाइएकोले त्यस्तो नियमहरू बहालमा रहन दिन उपयुक्त नहुने हुनाले केटा (भर्ना तथा सेवा शर्त) नियमहरू, २०२८ तथा प्रहरी केटा (भर्ना तथा सेवा शर्तहरू) नियमावली, २०४२ संविधानको धारा ८८(१) बमोजिम बदर घोषित हुने । (प्रकरण नं.४८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7576
मुद्दाको विषयनेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र (२) बमोजिम संविधान र अन्तर्राष्ट्रिय सन्धि, सम्झौतासँग बाझिएको कानून अमान्य र बदर घोषित गरिपाऊँ ।
निर्णय वर्ष / मिति2062/08/30
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7576
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्