नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7558 · वि.सं. २०६२

नि.नं. 7558 — मोही कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मोही नभएको जग्गामा मोही हुनको लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३४ ले दुबै पक्षबीच कबुलियत गरिएको हुनुपर्नेमा न त जग्गाधनी र यी वादी बीच जग्गा जोतभोग गर्न दोहोरो कबुलियत भएको छ न वादीको लोग्नेको नाउँमा मोही दर्ता भएको छ । यस्तो अवस्थामा एकबाली लगाएमा मोही कायम हुन्छ भन्ने तर्कको कुनै आधार नदेखिने । § साविक मोही जेठाजु भएको कुरा देखाई नामसारीबाट हक हुने भन्ने वादीको मुख्य दावी रहेको हुँदा जोतको आधारमा मोही कायमको विषय प्रस्तुत मुद्दामा गौण रहेको छ । दोहोरो तथ्य र प्रकृति देखाई दावी गर्नुले पनि वादीको दावी विरोधाभाषपूर्ण हुने । (प्रकरण नं.११) § जोत हकको दावी गर्दाको समयमा विद्यमान कानूनले दाजुको मोही हक भाइमा सर्ने व्यवस्था नगरेको हुँदा जेठाजुको मोही हक लोग्नेमा र निजको मृत्युपछि मेरो नाममा दर्ता गरिपाऊँ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । § प्रस्तुत मुद्दामा मोहीको मृत्यु भै भाइ र भाइको मृत्यु भै बुहारीले मोही हक दावी गर्न आएकोमा भाइमा मोही हक सर्ने व्यवस्था तत्कालीन भूमिसम्बन्धी ऐनमा भएको नदेखिंदा ०५३ मा भएको भूमिसम्वन्धी ऐनको संशोधनबाट मात्र मोही नामसारी हक प्राप्त गर्न सक्ने नाताको व्यक्तिले ०२२ सालमैं मरेका जेठाजुको नामको मोही हक नामसारी गर्न पाउने भन्न नमिल्ने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7558
मुद्दाको विषयमोही कायम ।
निर्णय वर्ष / मिति2062/01/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री परमानन्द झा
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7558
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्