नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7566 · वि.सं. २०६२

नि.नं. 7566 — अंश चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रमाण ऐन, २०३१ को दफा ६(क) को कानूनी व्यवस्था हेर्दा एकाघर संगका अंशियारहरू मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलको हो भनी अनुमान गर्नुपर्ने । § एकासगोलको अंशियार आमाबाट संगोलकै अंशियारा छोरा यि पुनरावेदकले गराई लिएको हा.व. लिखतबाट सगोलको सम्पत्तिको प्रकृतिमा कुनै भिन्नता पर्न जाने र बादीको हकमा प्रतिकूल असर पर्न सक्ने अवस्था नदेखिने । § स्त्री अंश धनको आफु खुसी गर्न पाउने सम्पत्ति हो भनी प्रमाणित गर्नुपर्ने भार सो को जिकिर लिने पुनरावेदक उपरै हुनेमा पुनरावेदक प्रतिबादीले लिएको सो जिकिरको पुष्टि हुने कुनै वस्तुनिष्ठ प्रमाण निजले गुजार्न नसकेको अवस्थामा अंश मुद्दा पर्दा जिवित रहेका अंशियारलाई सो सम्पत्ति आधा आधा बण्डा गर्ने गरेको समेत पुनरावेदन अदालतको फैसला अन्यथा देखिन नआउने । § अंश मुद्दा पर्नु अगावै मृत्यु भइसकेकी पुनरावेदक प्रतिबादीको आमाको समेत अंश भाग कायम गरी दावीको घर जग्गाबाट ३ भागको १ भाग मात्र बादीले अंश पाउनु पर्ने हो भन्ने पुनरावेदन जिकिर आधारहिन देखिने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7566
मुद्दाको विषयअंश चलन ।
निर्णय वर्ष / मिति2062/05/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7566
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्