नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7574 · वि.सं. २०६२
नि.नं. 7574 — लिखत दर्ता बदर दर्ता ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एकासगोलमा रहेको अवस्थामा खरीद गरेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म संगोलकै सम्पत्तिवाट बढे बढाएको मान्नुपर्ने । § प्रमाण ऐन, २०३१ को दफा ६(क) मा एकाघरसंगका अंशियारहरू मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने व्यवस्था भएवाट वीरवहादुर सहनीले खरीद गरेको जग्गा निजी तवरले आर्जन गरी लिएको हो भनी प्रमाणित गर्न नसकेको अवस्थामा सबै अंशियारहरूको बराबर हक लाग्ने सम्पत्ति हो भनी मान्नु पर्ने । § मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले संगोलको अचल सम्पत्ति वेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुशी गर्न पाउने अरुको मञ्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरसंगका अंशियार सबै साँक्षी बसेको वा निजहरूको मञ्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ भन्ने व्यवस्था भएबाट बाबु लोग्ने मरेको अवस्थामा आमा छोरा र श्रीमती समान तहका अंशियार रहने भएकाले संगोलको सम्पत्तिमा सबै अंशियारहरूको समानरुपले हक लाग्ने । § अचल सम्पत्ति बिक्रि व्यवहार गर्दा संगोलका सबै अंशियारहरूको मञ्जुरी वाध्यात्मक रुपमा लिनुपर्ने । § पुनरावेदक प्रतिवादीको दाताले जग्गा राजिनामा लिखत पास गरी पुनरावेदकलाई दिंदा संगोलका अंशियारहरूको मञ्जुरी लिएको वा साँक्षी बसेको समेत नदेखिदा अंशियारहरूको सहमती विना भएको व्यवहारले कानूनी मान्यता पाउन नसक्ने । § संगोलमा रहँदाका अवस्थामा खरीद गरेको सम्पत्ति निजीरुपमा दान बकस पाएको बाहेक सबै अंशियारको हक लाग्ने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7574 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदर दर्ता । |
| निर्णय वर्ष / मिति | 2062/05/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ | माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7574 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
