नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7555 · वि.सं. २०६२
नि.नं. 7555 — कर्तव्यज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रहरी समक्षको साविती वयान मात्रको आधारमा निर्दोष व्यक्ति पनि अपराधी ठहर्न सक्ने शँकाजनक अवस्थामा सजाँय गर्नु हुँदैन, न्याय पर्दैन भन्ने आधारमा प्रहरी समक्षको साविती वयानलाई अन्य प्रमाण नभएमा प्रमाण लिईदैन र त्यस्तो अवस्थामा सजाँय गर्नु अन्याय हुन्छ भन्ने आधारमा अभियुक्तलाई सजाँय नगरी सफाई दिइने । (प्रकरण नं.२९) § प्रतिवादीहरुको कार्य एकपछि अर्को गरी सवै कार्य सुनियोजित र योजनावद्ध देखिनुका साथै लोकमायांलाई मार्न पहिला विषालु पदार्थ खुवाएको र त्यसले नमरेपछि सलले Strangulation गरी अती निर्दयी तरिकावाट हत्या गरेको देखियो । जुन तरिकाले लोकमायांलाई Sexually Exploit गर्दै गई गर्भधारणा गरेपछि आफु वच्न योजना वनाई आपसी सल्लाह गरी लोकमायांको निर्मम हत्या गरेको प्रमाणित हुन्छ । यसवाट हेर्दा र यस देशमा कानूनको आधारमा न्याय गरिन्छ र अपराधीले अपराध गरेपछि फुत्कन सक्दैन, कानूनको हात लामो हुन्छ भन्ने कुरा अपराधीहरुलाई वोध गराउन पनि यस अदालतले प्रतिवादीहरुलाई कुनै Leniency देखाउनु पर्ने अवस्था नदेखिने । (प्रकरण नं.३१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7555 |
|---|---|
| मुद्दाको विषय | कर्तव्यज्यान । |
| निर्णय वर्ष / मिति | 2062/05/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री वलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7555 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
