सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ११७ / ४४०

नि.नं. 8727वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषण परमादेशसमेत

§ न्यायिक अर्धन्यायिक निकायबाट भएको निर्णयमा खास गरी प्राकृतिक न्यायका सिद्धान्तको उल्लंघन (Breach of Principles of Natural Justice), अधिकारक्षेत्र नाघेको (Excess of Powers), कार्यविधिको त्रुटि (Errors of Procedure), कानूनको त्रुटि (Errors of Law), पदिय दायित्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8726वि.सं. २०६८संयुक्त इजलास

कर्तव्यज्यान

§ अभियोगमा कर्तव्य ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी वैज्ञानिक परीक्षणले स्थापित गरेको तथ्यभन्दा बाहिर गएर मौखिक कथनका भरमा कसैलाई दोषी किटान गर्न नमिल्ने । (प्रकरण नं.५) § कसैले कसैलाई हत्या गरेको भनिएको अवस्थामा हत्या भएको भनिएका व्यक्तिको शव नै सबैभन्दा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8725वि.सं. २०६८विशेष इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

§ कसैको स्वास्नी बनेकी छोरी मान्छे वा कुनै महिलाले आफ्नो पतिको पैतृक सम्पत्तिबाट अंश पाउने हुनाले विवाह भैसकेकी छोरीको लागि निजको बाबुतर्फको पैतृक सम्पत्तिको अंशबण्डा गर्न नपर्ने । (प्रकरण नं.३) § सामाजिक संरचना, परम्परा र समाजको बनावटको दृष्टिकोणबाट विवाहित र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8724वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषण

§ निर्यातमूलक उद्योग आफैँले उत्पादन गरेको वस्तु निर्यात गरेको अवस्थामा मात्र भन्सार महसूल वा अन्य शुल्कको रुपमा भुक्तानी गरेको रकम फिर्ता पाउन सक्ने तर अन्य उद्योगका उत्पादनहरू स्थानीय बजारमा खरीद गरी यस्ता वस्तु निर्यात गर्ने उद्योगले उक्त सुविधा नपाउने भएपछि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8723वि.सं. २०६८संयुक्त इजलास

ज्यान मार्ने उद्योग

§ ज्यान मार्ने उद्योगको अपराधका लागि पनि ज्यान मार्ने सरहकै सवै तत्व विद्यमान देखिनु पर्दछ । केवल तेस्रो पक्षको हस्तक्षेपलगायतका कुनै कारणले ज्यान भने मर्न नपाएको अवस्थामा सो अपराध उद्योग मात्र हुने । § मनसायको निर्धारण कार्यको प्रकृतिका आधारबाटै हुने । § अरूल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8722वि.सं. २०६८संयुक्त इजलास

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

§ खुद खर्च भै जाने विविध शीर्षकको रकमलाई आयमा समावेश गर्न कुनै कानून र विवेकसम्मत आधार नदेखिने । (प्रकरण नं.१३) § स्वयं प्रतिवादीले जिकीर लिन नसकेको विषयमा कुनै निजी संस्था विशेषले पछिबाट लेखेको पत्रका भरमा त्यस्तो रकमलाई आयमा समावेश गर्न नमिल्ने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8721वि.सं. २०६८संयुक्त इजलास

निर्णय दर्ता बदर

§ विवादित बाटो २०४४ सालको नापीको समयमा अस्तित्वमा रही बाटोकै रुपमा नापी भएको भन्ने देखिइरहेको र सो बाटो छाडी प्रतिवादीले आफ्नो घर जग्गामा पर्खाल लगाएको भन्ने देखिएबाट प्रतिवादीले सो बाटोमा आफ्नो मात्र निजी भोगाधिकार नराखी अन्य व्यक्तिको उपभोगमा समेत राखेको प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8720वि.सं. २०६८संयुक्त इजलास

परमादेश समेत ।

§ बढुवासम्बन्धी व्यवस्था निर्धारण गर्न बनेको निजामती सेवा ऐनले नै न्याय सेवा र लेखापरीक्षण सेवा तथा सो बाहेकका अन्य सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव वा सो सरहको पदको बढुवा सम्बन्धमा बेग्ला–बेग्लै कानूनी व्यवस्था गरेको अवस्थामा कानूनअनुसारको सो व्यवस्थ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8719वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषणसमेत

§ बैंकको ऋणबापत रोक्का रहेको घर जग्गा लिलाम हुन नसक्ने भनी केही समयको लागि विगो भराउने कारवाही स्थगित रहेको कारणले त्यतिन्जेलसम्म सम्पन्न भए गरेका मूल्याङ्कनलगायतका कामकारवाही स्वतः बदर वा अस्तित्वहीन हुन नसक्ने । § पुनः लिलाम कारवाहीले निरन्तरता पाएमा सो सम्ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8718वि.सं. २०६८संयुक्त इजलास

कर्तव्यज्यान ।

§ अनुसन्धान कारवाही र न्यायिक प्रक्रियाको दौरान केही सामान्य प्राविधिक त्रुटि हुन गए तापनि त्यस्तो समग्र अनुसन्धान र अभियोग–अभियोजनालाई कुनै विशेष असर पार्न नसक्ने । § प्रतिवादीहरू पहिला भागेर अन्यत्र गए पनि पछि फर्केर आफूलाई समर्पण गरेको भए पनि त्यत्तिकैबाट त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8717वि.सं. २०६८संयुक्त इजलास

कर्तव्यज्या र ज्यान मार्ने उद्योग ।

§ तथ्यगत परिस्थितिले प्रतिवादीको घटनामा संलग्नता देखाइसकेको अवस्थामा त्यसको विपरीत साक्षीले गरेको बकपत्र सत्य कुरामा आधारित नदेखिएको अवस्थामा कसूरदारले सफाइ पाउन नसक्ने । (प्रकरण नं.९) § तथ्यपरक र तर्कसंगत आधारबिना नै परेको प्रहरी कर्मचारीको प्रतिवेदनको आधारमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8716वि.सं. २०६८संयुक्त इजलास

बहुबिवाह

§ वस्तुतः नजीरको पालना र प्रयोग न्यायिक निरन्तरता, निश्चितता र न्यायिक अनुशासन कायम राख्नका लागि आवश्यक हुन्छ । तर यसमा सतर्कता अपनाउनु पनि उत्तिकै आवश्यक तत्व हुन्छ । समान तथ्य भएको कुनै विवादको विषयमा कायम भएको कानूनी सिद्धान्त त्यस्तै तथ्य भएको अर्को बिवादक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8715वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

§ अस्थायी वतन परिवर्तन भैरहन सक्ने र यसरी अस्थायी ठेगाना परिवर्तन गर्दै बस्दै आएको भन्ने आधारमा मात्र स्थायी ठेगाना पनि परिवर्तन भएको मान्न नमिल्ने । § आफूले दायर गरेको मुद्दामा के फैसला भएको छ वा कारवाही के भइरहेको छ भनी सामान्य जानकारी राख्ने दायित्व सम्बन्ध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8714वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषण

§ अदालतमा विचाराधीन रहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरी अदालतलाई नै प्रभावमा पार्ने गरी हक वेहक कायम गर्ने जस्तो गरी अन्यथा निर्णय गर्न वा गुठी संस्थानको निर्णयमा आयोगले अनुचित हस्तक्षेप गरी गुठीले गर्ने निर्णय आफूले गर्न नमिल्ने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8713वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषण परमादेश

§ अदालतको अन्तिम रुपमा फैसलाबाट स्थापित भैसकेको तथ्यलाई फैसला कार्यान्वयनको क्रममा वाधा अड्चन उत्पन्न गराउने प्रयोजनार्थ जिल्ला अदालत नियमावली, २०५२ को नियम ७८ख बनेको देखिदैन । अंश मुद्दा दायर गर्दाका अवस्थामा कायम भएका अंशियारमध्ये कसैको मृत्यु भएमा वा तत्काल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8712वि.सं. २०६८संयुक्त इजलास

निषेधाज्ञा

§ नागरिक अधिकार ऐन, २०१२ को दफा १७ (२) बमोजिम निषेधाज्ञा जारी हुनका लागि जुन सम्पत्तिसम्बन्धी हकमा आघात पर्ने भनिएको हो सो सम्पत्तिमा निवेदकको पूर्ण हक (Absolute Right) अथवा विवादरहित हक (Undisputed Right) हुनुपर्ने । § सम्पत्तिको आफ्नो हक निहीत रहेको तथ्यपूर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8711वि.सं. २०६८संयुक्त इजलास

प्रतीषेध उत्प्रेषणमिश्रित परमादेश ।

§ विधिशास्त्रीय मान्यताअनुसार सम्पत्तिसम्बन्धी हकमा व्यक्तिलाई कुनै पेशा व्यवसाय गर्ने, उद्योग सञ्चालन गर्ने वा अन्य कुनै सिर्जनात्मक क्रियाकलापबाट सम्पत्ति आर्जन गर्ने उपभोग गर्ने, हस्तान्तरण गर्ने तथा त्यसमा सरकारको जथाभावी हस्तक्षेपबाट संरक्षण प्राप्त गर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8710वि.सं. २०६८संयुक्त इजलास

उत्प्रेषण परमादेश

§ खोला पसी बगर भएको जग्गा दर्ता भोग गर्न पूर्व दर्तावालाको नै हक हुने भए पनि सो जग्गा उकास भएपछि तत्काल दर्ता गरी भोगचलन गर्नुपर्ने हुन्छ । हक भएकाले दर्ता भोग नगरे तेस्रो पक्षले तिरोभरो गरी खान पाउँछ । जोताहा र किसान महलमा बालुबुर्ज जनिई नाप नक्सा भएको जग्गा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8709वि.सं. २०६८विशेष इजलास

परमादेशसमेत ।

§ व्यवस्थाबाट समेत स्तरवृद्धिसम्बन्धी व्यवस्था बढुवा होइन भन्ने स्पष्ट हुन्छ । त्यसबाट बढुवाका लागि निर्धारित न्यूनतम् शैक्षिक योग्यता पुगेको नभए पनि सेवा अवधि तथा भौगोलिक क्षेत्रको अनुभव जस्ता अन्य कुराहरूको आधारमा माथिल्लो स्तरमा स्तरवृद्धि गर्ने गरिन्छ । त्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8708वि.सं. २०६८विशेष इजलास

उत्प्रेषणयुक्त परमादेश

§ भीसा दस्तूर विदेशी नागरिकबाट असूलउपर गरिने दस्तूर हो, त्यसैले यस विषयमा विदेशी नागरिकतालाई समेत नेपाली नागरिक सरहको समान व्यवहारको अपेक्षा गर्न नमिल्ने । § विश्वका हरेक मुलुकले आफ्नो देशमा प्रवेश गर्ने विदेशी नागरिकबाट तोकिएको दस्तूर लिने गर्दछन्, यो विश्वव्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8707वि.सं. २०६८संयुक्त इजलास

परमादेश समेत ।

§ धर्मनिरपेक्ष राज्यमा सरकार वा सरकारका निकायहरू धर्मबाट पृथक रहनु पर्छ भन्ने मानिन्छ । तर, यसको अर्थ ऐतिहासिक तथा धार्मिक महत्वका स्थानको संरक्षणमा सरकारको प्रशासकीय जिम्मेवारी हुने कुरामा विवाद छैन । धार्मिक कार्यमा आमजनसाधारण संलग्न हुने हुँदा सार्वजनिक शान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8706वि.सं. २०६८संयुक्त इजलास

जग्गा निखनाई हक कायम ।

§ कानूनको व्याख्या गर्दा सोही कानूनमा रहेका अन्य व्यवस्था विषय वा प्रसंगबाट पृथक रहेको पाइएमा बाहेक अंगीकार गर्न सकिन्छ । लेनदेन व्यबहारको ११ नं. स्वयंमले हकवालाको परिधि निश्चित् गरिदिएको भए अपुतालीको १ नं. को सहयोग लिनुपर्ने आवश्यकता पर्दैनथ्यो । हकवालाको निर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8705वि.सं. २०६८संयुक्त इजलास

कर्तव्यज्यान ।

§ प्रतिवादीहरू समूहगतरुपमा रहेको र सबै प्रतिवादीहरू वारदातमा संलग्न भएको अवस्थामा कुन प्रतिवादीले के भन्यो भन्नेतर्फ कसैले चासो दिएको र कसैले नदिएको वा कसले कुन प्रतिवादीबाट के भनेको सुन्यो वा सुनेन भन्ने कुरा कर्तव्य ज्यान मुद्दाको कसूर निर्धारणमा प्रासंगिक ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8704वि.सं. २०६८संयुक्त इजलास

कम्पनी ऐनबमोजिम कारवाही गरिपाऊँ ।

§ निजी क्षेत्रको प्राइभेट लिमिटेड कम्पनीको प्रवन्धपत्र तथा नियमावलीले कम्पनीको कुनै सञ्चालकले मिल्दोजुल्दो अर्को पेशा वा व्यवसाय गर्न रोक नलगाएको तथा तत्काल प्रचलित कम्पनी ऐन, २०५३ ले पनि यस्तो प्रतिबन्ध नलगाएको अवस्थामा आफ्नो ज्ञान, अनुभव र सीपको आधारमा अर्को…

नजिर सार पढ्नुहोस् →