नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8720 · वि.सं. २०६८
नि.नं. 8720 — परमादेश समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ बढुवासम्बन्धी व्यवस्था निर्धारण गर्न बनेको निजामती सेवा ऐनले नै न्याय सेवा र लेखापरीक्षण सेवा तथा सो बाहेकका अन्य सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव वा सो सरहको पदको बढुवा सम्बन्धमा बेग्ला–बेग्लै कानूनी व्यवस्था गरेको अवस्थामा कानूनअनुसारको सो व्यवस्था अवलम्बन गरी बढुवा गर्दा विभेदकारी व्यवहार गरेको भन्न नमिल्ने । (प्रकरण नं.६) § निजामती सेवाको विशिष्ट श्रेणीमा कानूनले निर्धारित गरेको बढुवा हुने समय तालिकाभित्र बढुवा नगरिएको भनी जिकीर लिने दायित्व निवेदकहरूको नभई विशिष्ट श्रेणीमा उम्मेदवार हुनसक्ने हैसियत भएका सहसचिवको हुने हुँदा निवेदकहरूले लिएको जिकीरको भरमा त्यस्तो विषयमा प्रस्तुत निवेदनको रोहमा विचार हुने विषय नहुने । (प्रकरण नं.७) § सहसचिवको पदमा हुने बढुवाको उम्मेदवार भएको, सहसचिवमा रिक्त रहेको संख्याअनुसार विज्ञापन भएको, सो आ.व.मा उक्त पदमा कति संख्या खाली हुन्छ भन्ने यकीन नभएको अवस्थामा सोभन्दा माथिल्लो विशिष्ट श्रेणीका पद रिक्त हुने र ती पदमा सहसचिव बढुवा हुने हुँदा त्यसरी रिक्त हुने पद समेत समावेश गरी विज्ञापन गरिनु पर्छ भन्ने तर्क ऐन, नियमावली समेतका आधारमा तर्कसंगत नहुने । § कुनै कर्मचारीको पद अवकाशद्वारा रिक्त हुने भएमा मात्र त्यस्तो रिक्त हुने संख्या यकीन हुनसक्छ । तर, निवेदकको सरोकारको पदभन्दा माथिल्ला पदहरू रिक्त हुन्छन् अनि त्यसमा सहसचिवहरू बढुवा हुन्छन् र त्यसरी रिक्त हुने पद पनि विज्ञापनमा समावेश गर्नुपर्छ भन्नु स्वयंमा अनुमानित विषय हुँदा यस्तो अनुमानमा टिकेर अदालतले आदेश गर्नु उचित नहुने । (प्रकरण नं.८) § राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा प्रशासन सेवाको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदबाट कतिजना व्यक्ति राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा हुन्छन् भनी पहिल्यै यकीन गर्न सकिने अवस्था नदेखिँदा अनुमानको भरमा रिक्त हुने पद यकीन गरी विज्ञापन गर्न तथा प्रकाशित भई सकिएको सूचनामा त्यस्तो पद समावेश गर्न नमिल्ने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8720 |
|---|---|
| मुद्दाको विषय | परमादेश समेत । |
| निर्णय वर्ष / मिति | 2068/04/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8720 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
