नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8719 · वि.सं. २०६८

नि.नं. 8719 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बैंकको ऋणबापत रोक्का रहेको घर जग्गा लिलाम हुन नसक्ने भनी केही समयको लागि विगो भराउने कारवाही स्थगित रहेको कारणले त्यतिन्जेलसम्म सम्पन्न भए गरेका मूल्याङ्कनलगायतका कामकारवाही स्वतः बदर वा अस्तित्वहीन हुन नसक्ने । § पुनः लिलाम कारवाहीले निरन्तरता पाएमा सो सम्बन्धमा पहिले सम्पन्न गरी सकिएको सबै कामकारवाहीहरू पुनः दोहोर्‍याएर गर्नुपर्ने भन्ने जिल्ला अदालत नियमावली वा दण्ड सजायको महल वा अन्य कानूनले निर्देश नगरेको अवस्थामा सम्पन्न भैसकेको कारवाही प्रक्रियालाई अनावश्यक रुपमा पटक–पटक दोहोर्‍याउने र एउटा पक्षको इच्छाअनुसार कारवाही गर्दै जान नमिल्ने । (प्रकरण नं.५) § फैसला कार्यान्वयनको सिलसिलामा डाँक लिलामको कार्य प्रचलित कानूनबमोजिम गरिएकोले आफ्नो कानूनी दायित्व पूरा नगरेको अवस्थामा कुनै पनि कानूनी वा संवैधानिक हकाधिकारमाथि आघात भएको देखिन नआउने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8719
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2068/04/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री कमलनारायण दास
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8719
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्