नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8717 · वि.सं. २०६८
नि.नं. 8717 — कर्तव्यज्या र ज्यान मार्ने उद्योग ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तथ्यगत परिस्थितिले प्रतिवादीको घटनामा संलग्नता देखाइसकेको अवस्थामा त्यसको विपरीत साक्षीले गरेको बकपत्र सत्य कुरामा आधारित नदेखिएको अवस्थामा कसूरदारले सफाइ पाउन नसक्ने । (प्रकरण नं.९) § तथ्यपरक र तर्कसंगत आधारबिना नै परेको प्रहरी कर्मचारीको प्रतिवेदनको आधारमा कसैउपर फौजदारी मुद्दामा अभियोग लगाउँदैमा अभियोजन पक्षको कर्तव्य पूरा भएको मान्न नमिल्ने । § एउटै नाम भएका धेरै व्यक्ति हुन सक्ने भएकोले कसूरमा संलग्न रहेको व्यक्ति पहिचान नगरी नाम मिलेकै आधारमा प्रमाणबिना अभियोग लगाउनु अभियोजन पक्षको दायित्व नहुने । (प्रकरण नं.१७) § शंका, अनुमान र मनोगत विश्वासको आधारमा वारदातको स्थापना गरिँदैन । फौजदारी कानूनअनुसार कसूर गरेको भन्ने स्वतन्त्र प्रमाणबाट स्थापित भएमा मात्र सम्बन्धित कसूरदारलाई सजाय गर्न सकिने भएकोले प्रमाणबाट कसूर गरेको भन्ने स्थापित हुन नसकेको अवस्थामा कसैलाई पनि कसूरदार ठहराउन वा सजाय गर्न नमिल्ने । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8717 |
|---|---|
| मुद्दाको विषय | कर्तव्यज्या र ज्यान मार्ने उद्योग । |
| निर्णय वर्ष / मिति | 2068/04/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| मुद्दा नं. | ०६६-CR-०७०७ | ०६७-CR-०५१८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8717 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
