नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8711 · वि.सं. २०६८

नि.नं. 8711 — प्रतीषेध उत्प्रेषणमिश्रित परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विधिशास्त्रीय मान्यताअनुसार सम्पत्तिसम्बन्धी हकमा व्यक्तिलाई कुनै पेशा व्यवसाय गर्ने, उद्योग सञ्चालन गर्ने वा अन्य कुनै सिर्जनात्मक क्रियाकलापबाट सम्पत्ति आर्जन गर्ने उपभोग गर्ने, हस्तान्तरण गर्ने तथा त्यसमा सरकारको जथाभावी हस्तक्षेपबाट संरक्षण प्राप्त गर्ने समेतका अधिकार पर्न आउने । (प्रकरण नं.४) § सम्पत्तिसम्बन्धी अधिकार निरपेक्ष भने होइन । कानूनको अधीनमा रही सम्पत्तिसम्बन्धी हक प्रत्याभूत गरिएकोले यसमा विभिन्न किसिमले अवरोध र नियमन हुन सक्छ । प्रयोगका सीमाहरू तोकिन सक्छन् । संवैधानिक विधिशास्त्रमा विकसित भएका स्थापित मान्यता र सिद्धान्तअनुसार सार्वजनिक हित, स्वास्थ्य, शान्ति र नैतिकता बहाल गर्ने प्रयोजनका लागि शान्ति सुव्यवस्था र प्रवराधिकार (Eminent Domain) अन्तर्गत राज्यले व्यक्तिको साम्पत्तिक अधिकारमाथि औचित्यताका आधारमा हस्तक्षेप गर्न सक्ने । (प्रकरण नं.५) § व्यक्ति विशेषको हकको अचल सम्पत्ति रोक्का राख्ने क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको नदेखिएको तथा रोक्का आदेश र तत्सम्बन्धी कामकारवाहीले संवैधानिक एवं कानूनप्रदत्त हकाधिकारमा आघात पुग्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8711
मुद्दाको विषयप्रतीषेध उत्प्रेषणमिश्रित परमादेश ।
निर्णय वर्ष / मिति2068/06/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह | माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8711
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्