नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8710 · वि.सं. २०६८
नि.नं. 8710 — उत्प्रेषण परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ खोला पसी बगर भएको जग्गा दर्ता भोग गर्न पूर्व दर्तावालाको नै हक हुने भए पनि सो जग्गा उकास भएपछि तत्काल दर्ता गरी भोगचलन गर्नुपर्ने हुन्छ । हक भएकाले दर्ता भोग नगरे तेस्रो पक्षले तिरोभरो गरी खान पाउँछ । जोताहा र किसान महलमा बालुबुर्ज जनिई नाप नक्सा भएको जग्गा नदीले छाडी उकास भै भोग गर्न लायकको जग्गा भएपछि सो जग्गा पूर्व जग्गावालाले नै समयमा दर्ता नगर्ने र अर्कोले दर्ता भोग गर्न पाउँदैन भन्न नमिल्ने । § पूर्व जग्गावाला सचेत नभै वा लापरवाही गरेको कारण उकास भैसकेको जग्गा दर्ता गर्न जादैन वा दर्ता गर्दैन भने सो जग्गालाई सरकारले मालपोत ऐन, २०३४ को दफा २(ख२) र जग्गा नापजाँच ऐन, २०१९ को दफा २(ङ) अन्तर्गतको सरकारी जग्गा मानी त्यस्तो जग्गाको संरक्षण गर्नुपर्ने हुँदा त्यस्तो जग्गा अन्य कसैको नाममा दर्ता गरिसकेको अवस्थामा सो जग्गामा पहिलेको जग्गाधनीको दर्ता गर्ने हक सदा नै रहिरहन्छ भन्न नमिल्ने । (प्रकरण नं.३) § आफ्नो हकको जग्गा कसैले दर्ता गरेमा दर्ता बदर गराउन कानूनले निश्चित समयको हदम्याद निर्धारण गरेको हुन्छ । सो म्यादभित्र उजूर गरी बदर नगराए दर्तावालाको जग्गाबाट नै हक समाप्त हुन जाने । § उकास भएको जग्गा दर्ता गर्न गराउनलाई कानूनमा कुनै हदम्याद नभए पनि सोही जग्गा अर्काको नाममा दर्ता भैसकेको स्थितिमा स्थिति परिवर्तन हुन गै पूर्व जग्गाधनीको उकास दर्ता गर्न पाउने हक कायम नै रहिरहन्छ भन्न नमिल्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8710 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश |
| निर्णय वर्ष / मिति | 2068/05/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| मुद्दा नं. | ०६६-WO-०३९७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8710 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
