नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8704 · वि.सं. २०६८

नि.नं. 8704 — कम्पनी ऐनबमोजिम कारवाही गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निजी क्षेत्रको प्राइभेट लिमिटेड कम्पनीको प्रवन्धपत्र तथा नियमावलीले कम्पनीको कुनै सञ्चालकले मिल्दोजुल्दो अर्को पेशा वा व्यवसाय गर्न रोक नलगाएको तथा तत्काल प्रचलित कम्पनी ऐन, २०५३ ले पनि यस्तो प्रतिबन्ध नलगाएको अवस्थामा आफ्नो ज्ञान, अनुभव र सीपको आधारमा अर्को पत्रिका प्रकाशन गर्ने, दर्ता गराउने र प्रचलित कानूनअनुसार सोसम्बन्धी ट्रेडमार्क दर्ता गराउन पाउँदैन भन्न नसकिने । (प्रकरण नं.३) § सञ्चालकले कम्पनीमार्फत् वा कम्पनीको नाममा कारोवार गर्दा कम्पनी ऐन, २०५३ को दफा ७६(२) तथा ८० को व्यवस्था उल्लंघन गरी व्यक्तिगत फाइदा लिएको तथ्य प्रमाणित हुनको लागि आरोपित सञ्चालकले कुनै कारोवारमा कम्पनीको प्रतिनिधित्व गरेको र यसबाट लिएको मूल्य स्पष्ट रुपमा किटान भएको कुरा पुष्टि हुनुपर्ने । § मूल्य र रकम किटान नभए कम्पनीबाट लिएको व्यक्तिगत फाइदाको रकम ऋणसरह असूल हुनसक्ने अवस्था नहुने हुँदा कुन कारोवारबाट आरोपित सञ्चालकले कति फाइदा लियो भन्ने कुरा रकम र मूल्यको आधारमा किटान नभएको अवस्थामा दफा ७६(२) को उल्लंघन प्रमाणित हुन नसक्ने अवस्थामा दफा १२९ अनुसार जरीवाना हुन पनि नसक्ने । (प्रकरण नं.६) § प्राइभेट कम्पनीको सञ्चालक भएकै कारणले पेशा तथा व्यवसाय गर्ने स्वतन्त्रता सम्बन्धमा संविधानअन्तर्गत प्राप्त मौलिक हकबाट बञ्चित गर्न नसकिने, प्राइभेट कम्पनीको कुनै सञ्चालकले यस्तो कम्पनीको व्यवसाय वा उद्देश्यसँग मिल्दोजुल्दो व्यवसाय गर्न नपाउने गरी कम्पनी ऐनलगायत अन्य प्रचलित कानून तथा स्वयं प्रत्यर्थी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समेत कुनै प्रतिबन्ध नलगाएको अवस्थामा छुट्टै पत्रिका दर्ता गराई प्रचलित कानूनअनुसार उक्त पत्रिकाको ट्रेडमार्क समेत दर्ता गराएको भन्ने मात्र आधारमा कम्पनी ऐन, २०५३ को दफा ७६ (२) तथा दफा ८० अनुसारको कसूर गरेको ठहर्‍याउन नमिल्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8704
मुद्दाको विषयकम्पनी ऐनबमोजिम कारवाही गरिपाऊँ ।
निर्णय वर्ष / मिति2068/04/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8704
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्