नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8725 · वि.सं. २०६८
नि.नं. 8725 — उत्प्रेषणयुक्त परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कसैको स्वास्नी बनेकी छोरी मान्छे वा कुनै महिलाले आफ्नो पतिको पैतृक सम्पत्तिबाट अंश पाउने हुनाले विवाह भैसकेकी छोरीको लागि निजको बाबुतर्फको पैतृक सम्पत्तिको अंशबण्डा गर्न नपर्ने । (प्रकरण नं.३) § सामाजिक संरचना, परम्परा र समाजको बनावटको दृष्टिकोणबाट विवाहित र अविवाहित दिदीवहीनीहरूकै बीच सम्पत्तिको असमान अवस्थाको सिर्जना गर्ने स्थितिलाई प्रश्रय दिने गरी अदालतले कुनै पनि कानूनी व्यवस्थाको व्याख्या गर्नु न्यायपूर्ण हुन नसक्ने । § विवाहित र अविवाहिता छोरीहरू दुवैले आफ्नो बाबुको अंश पनि पाउने र विवाहिताले पतितर्फबाट पनि अंश पाउने गरी कानूनी व्यवस्थामा सुधार गर्नुपर्ने विषय न्यायिक दायराबाट निश्चित् हुन नसक्ने । (प्रकरण नं.६) § विशेष इजलासबाट एक पटक निरोपण भैसकेको विवादित कानूनी व्यवस्थाको सम्बन्धमा पटक पटक प्रश्न उठाउँदै जाने र यस अदालतले पनि हरेक पटक फरक फरक दृष्टिकोण राखी अन्यथा व्याख्या गर्दै जाने हो भने एउटै कानूनी व्यवस्थाको फरक–फरक व्याख्या हुने र अन्ततः त्यस्तो कार्यले न्यायमा एकरुपता कायम गर्न असहज स्थिति उत्पन्न हुने मात्र नभई त्यसबाट अदालतप्रतिको जनआस्थामा नै नकारात्मक असर पर्न जाने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8725 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2068/10/05 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | ०६७-WS-००६८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8725 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
