नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8723 · वि.सं. २०६८

नि.नं. 8723 — ज्यान मार्ने उद्योग

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ज्यान मार्ने उद्योगको अपराधका लागि पनि ज्यान मार्ने सरहकै सवै तत्व विद्यमान देखिनु पर्दछ । केवल तेस्रो पक्षको हस्तक्षेपलगायतका कुनै कारणले ज्यान भने मर्न नपाएको अवस्थामा सो अपराध उद्योग मात्र हुने । § मनसायको निर्धारण कार्यको प्रकृतिका आधारबाटै हुने । § अरूलाई मार्ने मात्र मनसाय राख्ने व्यक्तिले आफूलाई पनि सोही स्थानमा सोही रुपमा मार्ने प्रयास गर्दैन । अपराध गर्नेले सो उद्देश्य पूरा पनि होस् र आफू कानूनका आँखा छल्न सफल पनि हुन सकियोस् भन्ने सोचाइ राख्दछ भत्रे अपराध मनोविज्ञानको सामान्य सिद्धान्त हो भत्रे कुरा बिर्सेर न्याय गर्न नसकिने । (प्रकरण नं.४) § आफू समेत मर्ने मनसाय र आफू बाहेक अरुलाई मार्ने मनसायमा आधारभूत अन्तर हुन्छ । चोटको गाम्भीर्यता नै मार्ने मनसायको द्योतक हुन नसक्ने । § आत्महत्या वा आत्महत्याको प्रयासका सम्बन्धमा आत्महत्या घोषणापत्रको विशेष प्रामाणिक महत्व हुन्छ । आत्महत्या घोषणा पत्रलाई प्रमाणमा लिनु पूर्व सो उद्घोषकर्ताले नै लेखेको, निजले आफूखुशी लेखेको र त्यसमा कसैको कुनै षडयन्त्र नभएको कुरा भने यकीन हुनुपर्ने । § पत्रमा अपराध छल्न षडयन्त्र भएको शंका गर्ने ठाउँ नहुनु, मर्नुपर्ने नैराश्यता प्रकट हुनु, नैराश्यका घोषणापत्रमा दर्शाइएका कारण झूठा हुन् भन्ने नदेखिनु, सम्बन्धित व्यक्तिले नै सो घोषणापत्र लेखेकोमा विवाद नहुनु र सम्बन्धित व्यक्तिले स्वेच्छाले लेखेको होइन कि भन्ने शंका गर्नुपर्ने ठाँउ नभएमा त्यो पत्रलाई आत्महत्या घोषणाका रूपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.५) § शरीरमा रहेको घाउहरूको प्रकृतिले मात्र मार्ने मनसाय रहेको प्रमाणित हुँदैन । सामूहिक आत्महत्याको प्रयास भन्ने प्रमाणित हुने अवस्थालाई ज्यान सम्बन्धी महलको १५ नं. को कसूर भनी सजाय गर्न न्यायोचित नहुने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8723
मुद्दाको विषयज्यान मार्ने उद्योग
निर्णय वर्ष / मिति2068/05/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8723
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्