नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8724 · वि.सं. २०६८
नि.नं. 8724 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निर्यातमूलक उद्योग आफैँले उत्पादन गरेको वस्तु निर्यात गरेको अवस्थामा मात्र भन्सार महसूल वा अन्य शुल्कको रुपमा भुक्तानी गरेको रकम फिर्ता पाउन सक्ने तर अन्य उद्योगका उत्पादनहरू स्थानीय बजारमा खरीद गरी यस्ता वस्तु निर्यात गर्ने उद्योगले उक्त सुविधा नपाउने भएपछि निर्यात गरेका वस्तुमा प्रयोग भएको वस्तुको कच्चा पदार्थ तथा प्याकिङ्ग म्याटेरियलमा तिरेको भन्सार महसूल फिर्ता लिन चाहने उद्योगले निर्यात गरेको वस्तु उत्पादन गर्ने क्षमता आफूमा छ भन्ने कुरा पनि शंकारहित ढंगले प्रमाणित गर्न सक्नुपर्ने । (प्रकरण नं.३) § औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(प) को सुविधा केवल आफ्नो उत्पादन निर्यात गर्ने उत्पादनमूलक उद्योगले मात्र पाउने र उक्त ऐनको दफा १० अनुसार यस्तो उद्योगहरू अनिवार्य रुपमा उद्योग विभागमा दर्ता हुनैपर्ने र यसरी उद्योग दर्ता हुँदा उद्योगको निर्धारण गरिएको एक शर्तको रुपमा वार्षिक उत्पादन क्षमता पनि अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुँदा उक्त ऐनको दफा १५(प) अनुसार भन्सार महसूललगायतका शुल्क फिर्ता पाउने अधिकार स्वतः प्राप्त हुने नभई यसको लागि उद्योग विभागमा रहेको अभिलेख र तथ्याङ्कको आधारमा उद्योग विभागको स्वीकृति आवश्यक पर्ने । (प्रकरण नं.११) § निर्यातकर्ता उद्योगको उत्पादन क्षमता कति थियो, यसले आयात गरेका भनेको कच्चा पदार्थ आफैले प्रयोग गरी वस्तु उत्पादन गर्ने क्षमता थियो थिएन भन्ने कुरा सम्बन्धित सरकारी निकायमा रहेको अभिलेखबाट समर्थित हुनुपर्ने भएकोले उद्योगको उत्पादन क्षमताको विषय उद्योग विभागको एकद्वार समितिको सरोकारको विषय नै होइन र कच्चा पदार्थमा तिरेको भन्सार/ शुल्क फिर्ता दिने रकम यकीन गर्दा सम्बन्धित उद्योगको उत्पादन क्षमता सान्दर्भिक हुँदैन भन्न नमिल्ने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8724 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2068/09/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8724 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
