§ मानव अधिकार मौलिक हकको संरक्षणको मुख्य जिम्मा अदालतलाई सुम्पिएकोले अदालतले अति सावधानीपूर्वक वस्तु स्थिति, परिस्थिति, अपराधको प्रकृति, अभियुक्तको अवस्था सबै सेरोफेरो बुझी अन्जाम गरी पटक पटक वा एकै पटक २५ दिनसम्म थुनामा राख्न अनुमति दिन सक्ने अख्तियारीको प्रय…
§ निवेदकलाई म्याद दिनुको अर्थ निजलाई भएको आदेशको जानकारी पाए वा पाएनन् सम्मको सरोकार हुन्छ । निजले कसै गरी पनि म्याद पाए भने पाउनु नै पर्याप्त हुन्छ र जुन प्रयोजनको लागि म्याद जारी भएको हो त्यो सम्पन्न भएको मान्नु पर्ने हुन्छ । एउटा सरकारी निकायको पत्र कानूनसम…
§ कुनै पनि व्यक्तिका नाममा कायम भएको मोहीको हक समाप्त हुनका लागि भूमिसम्बन्धी ऐन, २०२१ र भूमिसम्बन्धी नियमहरू, २०२१ ले निर्धारित गरेको कानूनी प्रक्रियाहरू पूरा गरेकै हुनुपर्छ । जग्गाधनी प्रमाणपूर्जामा मोही उल्लेख भएको छैन वा मोहीले बाली बुझाएको प्रमाण पेश गरेक…
§ योग्यता प्रणालीले सबैलाई समानरूपमा हेर्दछ । कसैलाई भेदभाव गर्दैन । योग्यता प्रणालीले सबै योग्यताको कदर गर्दै उत्कृष्टलाई छनौट गर्दछ । नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा विनियमावली, २०६२ समेत योग्यताका आधारमा पदस्थापना र बढुवा गर्न बनाइएको कानूनी दस्तावेज…
§ भूमिसम्बन्धी ऐन कानूनअन्तर्गतको अनुसूची, नापी, फिल्डबुक र राजीनामा समेतमा मोहीकारूपमा अंकित व्यक्तिका नाममा सामान्य फरक पर्दैमा मोही होइनन् भन्न नमिल्ने । § राजीनामासमेतका लिखतमा मोही जनिएपछि मोही रहेको स्वीकार गरियो भन्न मिल्दैन । । हक भन्ने कुरा कानून अनुस…
§ सबै आधारहरूमा सर्वोत्तम् अङ्क प्राप्त गर्नेले मात्र बढुवा पाउने स्थितिमा जेष्ठ कर्मचारीले प्राथमिकता पाउनु पर्ने भन्न कानूनतः नमिल्ने । (प्रकरण नं.५) § योग्य देखिएको भन्ने आधारमा बढुवाको लागि सिफारिश गरिएको कानूनले तोकेको निश्चित शर्त उल्लंघन गरेको प्रमाणित…
§ नेपाल सरकारद्वारा आर्थिक वर्ष २०६६।०६७ को बजेट कार्यक्रममार्फत् ल्याइएको एकल महिलालाई विवाह गर्ने जोडीलाई प्रदान गरिने भनिएको रकम दिने नीतिले महिलालाई पूर्ण आत्मनिर्भर बनाउन सक्ने अवस्था रहन्न । त्यस्ता एकल महिलाहरूलाई शिक्षा, रोजगारी र अन्य अवसरहरूमा पहुँच…
§ जैविक सम्पदाको उपयोग र उपभोग गर्दा उक्त सम्पदाको ह्रास नहुने गरी निरन्तर उपभोग गर्न पाउने गरी जैविक वंशानुक्रित उपयोगबाट प्राप्त हुने फाइदा समानुपातिक तरिकाले वितरण गर्ने व्यवस्था मिलाउने, विकास निर्माणको काम गर्दा वातावरणीय क्षति कम हुने गरी सञ्चालन गर्ने द…
§ नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा निणय गर्ने अन्तिम अधिकार महान्यायाधिवक्ताको हुने हो । तर मानव अधिकारको उल्लङ्घन वा दुरुत्साहन गर्ने व्यक्तिउपर मुद्दा चलाउन आवश्यक भएमा मुद्दा दायर गर्न मानव अधिकार आयोगले सिफारिश गरी पठाएपछि महान्य…
§ खरीद गरी लिएको खाली जग्गामा घर टहरा निर्माण गरी उद्योग सञ्चालनका लागि आवश्यक मेसीन औजारहरू समेत जडान गरिसकेको अवस्था भएकाले देश विकासको लागि औद्योगिक क्षेत्रको विकास पर्याप्त मात्रामा गरी आर्थिक उन्नतिको गतिलाई बढी गतिशील बनाउनु पर्नाको साथसाथै रोजगारमूलक उद…
§ छुरा जस्तो जोखिम हतियारले कलेजोसम्म काटिने गरी प्रहार भएको वारदातलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं.ले भवितव्य ठहरिने प्रकृतिको मान्ने अवस्था नदेखिने । § मृत्युको कारणमा त्यही वारदातमा कलेजोसम्म काटिएको समेतबाट रगतमा संक्रमण भएको तथ्य लास जाँच परीक्षण…
§ पहिला सामान्य विवाद भए पनि सोही विवादलाई जरिया बनाई समयको अन्तरालपछि योजनाका साथ बाटोमा लुकी छिपी बसी आक्रमण गरिएको छ । विवाद भएको ठाउँबाट आफ्नो घर गई रिसइबी साध्ने मनस्थितिका साथ आई घटना घटाएको स्थिति हुँदा तत्कालको आवेगमा घटना हुन पुगेको भन्ने देखिँदैन । व…
§ सगोलका अंशियारमध्ये जसको नाममा सम्पत्ति भएपनि त्यो उसैको एकलौटी हुँदैन । कुन सम्पत्ति बण्डा लाग्ने र कुन नलाग्ने भन्ने कुराको मापदण्ड अंशबण्डाको १८ नं. हो । § एकाघर सँगका अंशियारमध्ये जोसुकैको नाममा रहेको सम्पत्ति सगोलको मानिने कुरा अनुमान हो र यो अनुमान पनि…
§ एकाघरका पतिपत्नी एउटै जग्गाको जग्गाधनी र मोही हुन सक्ने नसक्ने सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) “मोही“ भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफनो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ” भन्ने उल्लेख भएको पाइ…
§ जग्गाको लगत विवरण भरी बुझाउँदा जग्गा रहेको वडाभन्दा फरक वडामा बुझाएकै मात्र कारणले वर्षौंदेखि जोती कमाई आएको जग्गाबाट मोही हक स्वतः मेटिने भन्न न्यायका दृष्टिले नमिल्ने । § नेपाली समाज अझै पनि अर्धशिक्षित अवस्थामा रहेको पाइनुले आफ्नो हकप्रति सजग रहनुपर्ने सच…
§ अपराधका सम्बन्धमा खडा भएका मुचुल्काहरूमा प्रामाणिक शक्ति हुन्छ । तिनमा व्यक्त तथ्यले अपराधको वस्तुस्थिति बताउँछन् । व्यक्तिले झूठो बोल्न सक्दछ तर वस्तुस्थितियुक्त तथ्यले कहिल्यै झूठो बोल्दैन । (प्रकरण नं.५) § फोटो, भिडियो, अडियो, सीडी आदि डिजिटल सामग्री लिखत…
§ आफ्नो बाबुले पत्नी भनी स्वीकार गरिसकेको कुरामा छोरीले होइन भनी इन्कार गर्दैमा हुन सक्ने पनि होइन र त्यस्तो इन्कारी स्वीकार्य हुन सक्ने कारणसहितको कानून स्पष्ट देखाउन वा खुलाउन सक्नुपर्ने । (प्रकरण नं.४) § पति पत्नीको जीवनकालमा नै मुद्दा परी मिलापत्र भई अंश प…
§ अधिकार प्रत्यायोजन गरिएकोमा बाहेक कुनै एकजना मन्त्रीको निर्णयलाई नेपाल सरकारको निर्णय मान्न नसकिने । § नेपाल नागरिकता ऐन, २०६३ को दफा २० को उपदफा (१) ले नेपाल सरकारले उक्त ऐनबमोजिम प्राप्त अधिकार नेपाल सरकारको कुनै अधिकारीलाई प्रत्यायोजन गर्न सक्ने भए पनि सो…
§ डाँका मुद्दाको अभियोगपत्र दायर गर्दा चोरीको २७ नं. को दावी भएको नभै चोरीको १४(४) नं. बमोजिमको दावी भै ऐ.को १०(३) नं. समेतको दावी भएको साथै फैसलामा समेत १४(४) नं. बमोजिम नै सजाय भएको देखिन्छ । अभियोग दावीमा नै चोरीको १४(४) नं. बमोजिमको अभियोग रहेको र फैसलामा…
§ लोकसेवा आयोगले आफ्नो अधिकारक्षेत्रभित्रको विषयवस्तुअन्तर्गत रहने शैक्षिक योग्यताका सम्बन्धमा आवश्यक निर्णय गर्न सक्ने नै देखिँदा २०६१ सालको निर्णयलाई अन्यथा हुने गरी आयोगले २०६८ सालमा नयाँ निर्णय गर्न सक्तैन भन्न नमिल्ने । § लोकसेवा आयोगले गरेको नयाँ निर्णयल…
§ कार्य सम्पन्न हुनुअघि दायर मुद्दा र कार्य सम्पन्न भएपछिका मुद्दामध्ये अघिल्ला मुद्दाहरू पछिल्ला मुद्दाका सन्दर्भमा अवलोकनीय अवश्य हुन्छन् तर निर्णायक हुँदैनन् । कतिपय चुनौती दिइएका विषयमा पनि पछिल्ला मुद्दाबाट न्यायिक परीक्षण हुन अघिल्ला मुद्दाहरूको खारेजीले…
§ अनुचित कार्य गरेमा स्वीकार गरी हानि नोक्सानी व्यहोर्न मञ्जूर भएको अवस्थामा सार्वजनिक संस्थाका पदाधिकारी र फर्मका प्रोप्राइटर मिलेर कबुलियत सम्झौताबमोजिमको कार्य गर्दा सार्वजनिक पद धारण गर्नेले र फर्मले अनुचित कार्य गरेको र सार्वजनिक संस्थालाई हानि नोक्सानी भ…
§ आफूले आफ्नै आमामाथि गरेको जघन्य कर्तुतको सविस्तार उल्लेख गरेको हुँदा घटना हुँदाका अवस्था निजको मानसिक अवस्था सामान्य रहेको भनी सहज अनुमान गर्न सकिने । § वारदात हुनुभन्दा पहिलेको अवस्था वा घटनापछिका अवस्था नभई वारदात हुँदाको अवस्था दण्ड सजायको १ नं. प्रयोग हु…