नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9015 · वि.सं. २०७०

नि.नं. 9015 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफूले आफ्नै आमामाथि गरेको जघन्य कर्तुतको सविस्तार उल्लेख गरेको हुँदा घटना हुँदाका अवस्था निजको मानसिक अवस्था सामान्य रहेको भनी सहज अनुमान गर्न सकिने । § वारदात हुनुभन्दा पहिलेको अवस्था वा घटनापछिका अवस्था नभई वारदात हुँदाको अवस्था दण्ड सजायको १ नं. प्रयोग हुने वा नहुने भन्ने कुराको निर्धारक हुन्छ । वारदातको अवस्थामा मानसिक सन्तुलन गुमेको थियो थिएन भन्ने मूल कुरा भएकाले यस किसिमका सजायमा छूटको दावी भएका मुद्दामा हेरिनु पर्ने घटना नै नबुझ्ने अवस्थामा मानसिक स्थिति रहेको भन्ने चित्रित हुन सकेको अवस्था छैन । सजायबाट उन्मुक्ति पाउने उद्देश्यले जिकीर लिएको हो वा वास्तविक रूपमा नै मानसिक रोगी हो भन्ने तथ्यको उजागर् घटनाक्रममा प्रतिवादीले खेलेको कार्यको भूमिकामा निर्भर हुने । (प्रकरण नं.५) § अदालतमा आई बकपत्र गर्ने प्रतिवादीकी श्रीमतीले समेत घटनाअघि परिवारसँग अन्य कुनै प्रकारको झैझगडा हुँदैनथ्यो, परिवार राम्रोसँग नै बसेका थियौँ भनी बकपत्र गरेको अवस्था भएको तथा प्रतिवादीले जाँच गराएको प्रेसक्रिप्सनमा "Mental illness psychosis" को विरामी रहेको भन्ने उल्लेख भएता पनि उक्त जाँच घटना भएको सात महिनापछाडि भएको अवस्था हुँदा घटना भएको अवस्थाको प्रतिवादीको मानसिक अवस्थालाई उक्त परीक्षण प्रतिवेदनले चित्रित गर्न नसक्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9015
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2070/02/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.०६९-CR-००५९
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9015
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्