नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9027 · वि.सं. २०७०
नि.नं. 9027 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ छुरा जस्तो जोखिम हतियारले कलेजोसम्म काटिने गरी प्रहार भएको वारदातलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं.ले भवितव्य ठहरिने प्रकृतिको मान्ने अवस्था नदेखिने । § मृत्युको कारणमा त्यही वारदातमा कलेजोसम्म काटिएको समेतबाट रगतमा संक्रमण भएको तथ्य लास जाँच परीक्षण प्रतिवेदनबाट देखिँदा वारदात मितिबाट २१ दिनभित्र घाइते परलोक नभएकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ९ नं. बाट ज्यान मुद्दा चल्न सक्दैन भन्ने प्रतिवादीको भनाई रहेको देखिन्छ । उक्त ऐनको ९ नं. आकृष्ट हुन ज्यान मार्नलाई अङ्ग भाँच्ने छिन्नेबाहेकको अवस्था हुनुपर्ने हुन्छ । वारदातमा धारिलो हतियारले कलेजोसम्म काटिने गरी प्रहार भएको देखिँदा ज्यान मार्नलाई अङ्ग भाँच्ने छिन्ने अवस्था भएन भन्न मिलेन । तसर्थ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ९ नं. बमोजिम २१ दिनभित्र वा बाहिर घाइते परलोक भएको भनी हेर्नुपर्ने स्थिति नरहने । § ज्यानसम्बन्धीको महलको ८ नं.ले यति दिनभित्रै परलोक हुनुपर्ने किटान नगरी घाइते थला परी जतिसुकै पछि मरे पनि ज्यानमाराको बात लाग्ने कानूनी व्यवस्था गरेकोमा कलेजो काटिएको निको नभई त्यसैको संक्रमणको कारणबाट घाइते परलोक भएको अवस्थामा ज्यानसम्बन्धीको महलको ८ नं.को प्रावधानले समेट्दैन भन्न नमिल्ने । (प्रकरण नं.४) § हुलमुलमा हानाहान हुँदा दुई प्रतिवादीहरूले मृतकलाई कुटपीट गरेको छुरा भाटा इत्यादिले प्रहार गरेको र घाइतेको ज्यान गएको अवस्थामा वारदातको प्रकृतिले ज्यानसम्बन्धीको महलको १३(३) नं.को अवस्था रहेको देखिने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9027 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2070/02/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय |
| मुद्दा नं. | ०६७-CR-०२०७ | ०६८-CR-०२०७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9027 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
