नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9028 · वि.सं. २०७०
नि.नं. 9028 — उत्प्रेषण, परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ खरीद गरी लिएको खाली जग्गामा घर टहरा निर्माण गरी उद्योग सञ्चालनका लागि आवश्यक मेसीन औजारहरू समेत जडान गरिसकेको अवस्था भएकाले देश विकासको लागि औद्योगिक क्षेत्रको विकास पर्याप्त मात्रामा गरी आर्थिक उन्नतिको गतिलाई बढी गतिशील बनाउनु पर्नाको साथसाथै रोजगारमूलक उद्योग व्यवसायलाई सेवा सुविधा दिने राज्यको नीति रहेको अवस्थामा उद्योगलाई कानूनको दायरामा रही सहयोग पुग्ने किसिमले विद्युत प्राधिकरणले आफ्नोे तर्फबाट औद्योगिक विकासको लागि सहयोग पुर्याउनु पर्ने दायित्वलाई कानूनबमोजिम निर्वाह गर्नुपर्दछ । नागरिक वा उद्योगले कसरी बिजुली सुविधा पाउन सक्छ भनी सोच्नु पर्नेमा कसरी रोक्न सकिन्छ भनी परास्त गर्ने नीति लिन नहुने । § अरूको दायित्व सकार गराउन निवेदकलाई विवश गराउनु सो नगरे विद्युत लाइन नदिनु भनेको निजलाई उद्योग खोली पेशा ब्यवसाय गर्न पाउने हकबाट बञ्चित गर्नु हो । विद्युत प्राधिकरणले लेना बक्यौता रकम इण्डष्ट्रिजको नाउँमा रहेको कित्ताबाटै असूल गर्नुपर्ने भनी आफैंले मानी सोतर्फ पत्राचार गरी कारवाही चलाइसकेको अवस्थामा त्यही कुरा झिकी छुट्टै जग्गामा बनाएको उद्योगलाई छुट्टै कित्तामा अवस्थित इण्डष्ट्रिजले विद्युत महसुल बुझाउनु पर्ने दायित्व निर्वाह नगरेको कसूरमा बेसरोकारका निवेदकलाई सोको भागिदार बनाई उद्योग खोली आफ्नो पेशा ब्यवसाय गर्ने कानूनी तथा संवैधानिक हकलाई कुण्ठित हुने गरी विद्युत आपूतिर्बाट बञ्चित गर्न नमिल्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9028 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2070/04/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय |
| मुद्दा नं. | ०६९-WO-११६९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9028 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
