नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9034 · वि.सं. २०७०
नि.नं. 9034 — उत्प्रेषण, परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ योग्यता प्रणालीले सबैलाई समानरूपमा हेर्दछ । कसैलाई भेदभाव गर्दैन । योग्यता प्रणालीले सबै योग्यताको कदर गर्दै उत्कृष्टलाई छनौट गर्दछ । नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा विनियमावली, २०६२ समेत योग्यताका आधारमा पदस्थापना र बढुवा गर्न बनाइएको कानूनी दस्तावेज रहेकोले सोही विनियमावली अनुसार बढी अङ्क ल्याउनेको बढुवा भएको कुरालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५) § जुन योग्यताका आधारमा नियुक्ति भएका हुन् सो योग्यता Electrical Engineering संग मिल्ने विषय होइन भनी लिएको दावी विपक्षीले BE (Electrical) विषयमा स्नातक गरेको र सोही BE (Electrical) विषयको न्यूनतम् शैक्षिक योग्यतालाई आधार मानी Industrial Engineering and Management विषयको स्नातकोत्तर उपाधि प्राप्त गरेको देखिनुका अतिरिक्त सोही BE (Electrical) Engineering विषयलाई नै न्यूनतम् आधार मानी तल्लो पदमा प्रवेश गरी उक्त Industrial Engineering and Management विषयमा स्नातकोत्तर भएकै आधारमा निजले शैक्षिक योग्यताबापत ३ अङ्कसमेत प्राप्त गरी जम्मा ८७.०५ अङ्क प्राप्त गरेका र निवेदकले जम्मा ८६.४९ अङ्क प्राप्त गरेको देखिनाले बढुवाको योग्यता क्रममा निवेदक विपक्षी भन्दा अगाडि हुन् भन्ने कुरा नदेखिनुका साथै निवेदकको नेपाल विद्युत प्राधिकरण प्राविधिक सेवाको तह ११ निर्देशक (प्राविधिक) पदमा जेष्ठताको आधारमा बढुवा गरिसकेकाले निवेदकको मागबमोजिम रिट जारी हुने अवस्था नदेखिने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9034 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेश |
| निर्णय वर्ष / मिति | 2070/03/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की |
| मुद्दा नं. | ०६६-WO-०३३६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9034 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
