नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9016 · वि.सं. २०७०

नि.नं. 9016 — निर्णय बदर (हानि रकम भराउने र प्रकाशनमा रोक लगाउने)

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अनुचित कार्य गरेमा स्वीकार गरी हानि नोक्सानी व्यहोर्न मञ्जूर भएको अवस्थामा सार्वजनिक संस्थाका पदाधिकारी र फर्मका प्रोप्राइटर मिलेर कबुलियत सम्झौताबमोजिमको कार्य गर्दा सार्वजनिक पद धारण गर्नेले र फर्मले अनुचित कार्य गरेको र सार्वजनिक संस्थालाई हानि नोक्सानी भएकोमा सार्वजनिक संस्थालाई भएको हानि नोक्सानी फर्मबाट असूलउपर गर्ने गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२क. बमोजिमको निर्णय गर्ने अधिकार अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई नभएको भन्न नसकिने । (प्रकरण नं.५) § फैसला वा निर्णयमा उल्लिखित जे जति विषय आफ्नो प्रतिकूल रहेको भनी बदर गरी माग्नु पर्ने हो ती सबै कुरा एकै पटक माग दावी लिई आउनु पर्ने हुन्छ । पहिलो अपिलमा एउटा कुरामा मात्र बदरको माग गर्ने पछि पहिलो अपिल मै बदरको माग गर्न सकिनेमा सो निर्णय बदरको माग नगरी दोस्रो अपिलमा थप माग गरी आएको अवस्थामा नेपाल सरकारले २ वर्षसम्मको लागि नेपाल सरकार वा सार्वजनिक संस्थाको छपाइ कार्यमा पुनरावेदकलाई रोक लगाएकोलाई अन्यथा गर्न सकिने अवस्था नरहने । § पहिलो पुनरावेदन गर्दा दावी जिकीर नै नलिएको विषय पछि दोस्रो अपिलमा थप दावी लिई आउँदैमा मन्त्रिस्तरको निर्णय बदर हुने अवस्था नहुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9016
मुद्दाको विषयनिर्णय बदर (हानि रकम भराउने र प्रकाशनमा रोक लगाउने)
निर्णय वर्ष / मिति2070/02/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
मुद्दा नं.०६७-CR-१०७८
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9016
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्