नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9030 · वि.सं. २०७०
नि.नं. 9030 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जैविक सम्पदाको उपयोग र उपभोग गर्दा उक्त सम्पदाको ह्रास नहुने गरी निरन्तर उपभोग गर्न पाउने गरी जैविक वंशानुक्रित उपयोगबाट प्राप्त हुने फाइदा समानुपातिक तरिकाले वितरण गर्ने व्यवस्था मिलाउने, विकास निर्माणको काम गर्दा वातावरणीय क्षति कम हुने गरी सञ्चालन गर्ने दायित्त्वहरूबाट नेपाल उम्कन नमिल्ने । (प्रकरण नं.४) § प्राकृतिक स्रोत साधनको क्षमताभन्दा बढी उत्खनन् एवम् प्रयोग, औद्योगिकीकरण, अव्यवस्थित शहरीकरण, वनविनाश, वातावरणसँग तादात्म्यता नराखी गरिने विकास निमार्ण आदि नै वातावरण प्रदूषण गर्ने, वातावरणीय ह्रास ल्याउने र वातावरणमा असन्तुलन ल्याउने मुख्य कारक तत्त्व भएकोले प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा र आर्थिक विकास आदि गर्दा वातावरण विनाश नहुने गरी विकास निर्माण र वातावरण संरक्षणबीच सन्तुलन कायम हुने गरी गरिनु पर्ने । (प्रकरण नं.६) § संविधान र प्रचलित कानूनको अधीनमा रही प्राकृतिक स्रोत साधनको संरक्षण, जैविक विविधताको संरक्षण, प्राकृतिक सम्पदाको दिगो उपयोग र प्राप्त लाभको समन्यायिक बाँडफाँड, धार्मिक एवं पर्यटकीय महत्त्वका स्थलहरूको संरक्षण, विश्व सम्पदा सूची र सिमसार क्षेत्रको संरक्षणसमेतमा जोड दिई वातावरणीय ह्रास हुन नदिन र वातावरणीय सन्तुलन कायम राख्न राज्यलगायत सम्बद्ध सबै निकायको आ–आफ्नो दायित्व हुने । § प्राकृतिक स्रोत साधन जस्तो ढुङ्गा, गिटी, बालुवा आदि उत्खनन्, दोहन, सङ्कलन र निकासी गर्ने क्रसर उद्योगहरूको स्थापना र सञ्चालन प्रचलित कानूनको सीमाभित्र गर्नुपर्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9030 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2070/02/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल |
| मुद्दा नं. | ०६८-WO-०९८३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9030 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
