नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9035 · वि.सं. २०७०

नि.नं. 9035 — मोही नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै पनि व्यक्तिका नाममा कायम भएको मोहीको हक समाप्त हुनका लागि भूमिसम्बन्धी ऐन, २०२१ र भूमिसम्बन्धी नियमहरू, २०२१ ले निर्धारित गरेको कानूनी प्रक्रियाहरू पूरा गरेकै हुनुपर्छ । जग्गाधनी प्रमाणपूर्जामा मोही उल्लेख भएको छैन वा मोहीले बाली बुझाएको प्रमाण पेश गरेको छैन वा जग्गा जोतेको छैन भन्ने जस्ता तर्कको आधारले मोही नामसारी मुद्दामा कुनै महत्व नराख्ने । § मोहीले जग्गा सालसालै नकमाएको वा जग्गाको उब्जनी घट्ने गरी जग्गा बिगारेको वा कुत नबुझाई मोहीको हैसियतले पालना गर्नुपर्ने कुनैपनि दायित्व मोहीले पूरा नगरेको भन्ने जस्ता जिकीर जग्गाधनीले लिई कानूनबमोजिमको साधिकार निकायबाट मोहीको लगत कट्टा नगराएसम्म मोहीको हकमा कुनै असर नपर्ने । (प्रकरण नं.४) § कानूनबमोजिम मोहीको लगत कट्टा भएको प्रमाण पेश नगरी केवल मोहीले जग्गा नजोतेको वा बाली बुझाएको प्रमाण पेश नगरेको भन्ने जस्ता तर्कका आधारमा मोहियानी हकबाट निष्काशन हुन नसक्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9035
मुद्दाको विषयमोही नामसारी
निर्णय वर्ष / मिति2070/03/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.०६९-CI-०३७१
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9035
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्