नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9018 · वि.सं. २०७०
नि.नं. 9018 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लोकसेवा आयोगले आफ्नो अधिकारक्षेत्रभित्रको विषयवस्तुअन्तर्गत रहने शैक्षिक योग्यताका सम्बन्धमा आवश्यक निर्णय गर्न सक्ने नै देखिँदा २०६१ सालको निर्णयलाई अन्यथा हुने गरी आयोगले २०६८ सालमा नयाँ निर्णय गर्न सक्तैन भन्न नमिल्ने । § लोकसेवा आयोगले गरेको नयाँ निर्णयलाई यो वा त्यो आधारमा निर्णयको आधिकारिकता र औचित्यमा प्रश्न उठाई पुरानो निर्णय वा नीतिगत निर्णयलाई नै स्थान दिनुपर्छ भन्न नमिल्ने । (प्रकरण नं.४) § अमुक सेवा वा समूहका लागि चाहिने विशेष प्रकारको योग्यतालाई आधार मानी कुनै पनि पदको सिर्जना हुन सक्ने हुँदा त्यस्तो वाञ्छनीय योग्यता किटान गरी सिर्जना गरिएका पदको पदपूर्ति पनि सोही योग्यता प्राप्त गरेको जनशक्तिबाट मात्र हुन सक्ने । § कुनै विशिष्टीकृत सेवा वा समूहका लागि आवश्यक पर्ने शैक्षिक योग्यताको निर्धारण कानूनद्वारा तोकिएबमोजिम हुने तथा सोको निर्धारण गर्न सक्ने स्पष्ट अधिकार पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्ने निकायको रूपमा रहेको लोकसेवा आयोगलाई कानूनले नै प्रदान गरेको अवस्थामा लोकसेवा आयोगले न्यूनतम् शैक्षिक योग्यताको विषयलाई लिएर निवेदकको दर्खास्त एवं परीक्षासमेत रद्द गर्ने गरी गरेको निर्णयमा कुनै कानूनी त्रुटि नदेखिने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9018 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2069/11/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| मुद्दा नं. | ०६८-WO-०००२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9018 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
