नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9017 · वि.सं. २०७०
नि.नं. 9017 — उत्प्रेषण, परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कार्य सम्पन्न हुनुअघि दायर मुद्दा र कार्य सम्पन्न भएपछिका मुद्दामध्ये अघिल्ला मुद्दाहरू पछिल्ला मुद्दाका सन्दर्भमा अवलोकनीय अवश्य हुन्छन् तर निर्णायक हुँदैनन् । कतिपय चुनौती दिइएका विषयमा पनि पछिल्ला मुद्दाबाट न्यायिक परीक्षण हुन अघिल्ला मुद्दाहरूको खारेजीले कुनै पनि किसिमको प्रतिकूलता सिर्जना नगर्ने । (प्रकरण नं.६) § गरिपाउन र रोकिपाउन मागका साथ दायर रिट निवेदनहरूको कार्य नै बाँकी नरही सम्पन्न भइसकेको र तीमध्ये कतिपय सम्पन्न कार्यलाई चुनौती दिई अन्तरिम मन्त्रिपरिषद्का अध्यक्षसमेतलाई विपक्षी बनाई दायर ७ थान रिट निवेदनहरू यस अदालतमा विचाराधीन रहेका छन् । निवेदक एवं विपक्षी दुवैतर्फबाट उपस्थित विद्वान कानून व्यवसायीहरू समेतसँग छलफल गरी विषयवस्तुको गाम्भीर्यता र औचित्यसमेतको आधारमा पूर्ण सुनुवाई हुने रिट निवेदनहरूबाट १७ थान रिट निवेदनहरू अलग गर्ने गरी यस अदालतको दश सदस्यीय विशेष इजलासबाट २०७०।३।२० मा आदेश भएपश्चात् न्यायका मान्य सिद्धान्तसमेतको आधारमा कायम राखिराख्नुपर्ने अवस्थामा नरही औचित्यहीन अवस्थामा रहेका रिट निवेदनहरूको लगत कायम राखी राख्नुपर्ने अवस्था नहुने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9017 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2070/05/20 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | ०६८-WO-१०८६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9017 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
