नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9037 · वि.सं. २०७०
नि.नं. 9037 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदकलाई म्याद दिनुको अर्थ निजलाई भएको आदेशको जानकारी पाए वा पाएनन् सम्मको सरोकार हुन्छ । निजले कसै गरी पनि म्याद पाए भने पाउनु नै पर्याप्त हुन्छ र जुन प्रयोजनको लागि म्याद जारी भएको हो त्यो सम्पन्न भएको मान्नु पर्ने हुन्छ । एउटा सरकारी निकायको पत्र कानूनसम्मत रूपमा अर्को कार्यालयबाट तामेल हुन्छ भने सो तामेलीलाई कानून विपरीतको भन्न नमिल्ने । (प्रकरण नं.६) § गैर हाजिर रहेको निवेदकलाई बुझ्न खोज्दा पनि अटेर गरी बुझिने कार्यलाई परास्त गर्ने तवरबाट हिडेकालाई सफाइको मौका दिन सकिने अवस्था नै सिर्जित हुन नदिएको अवस्थामा सफाइको मौका नदिई कारण खोली पर्चा खडा गरी भएको निर्णय कानूनसम्मत नै रहेको मान्नु पर्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9037 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2070/05/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | ०६७-WO-१०७३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७०, नि.नं. 9037 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
