नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9023 · वि.सं. २०७०

नि.नं. 9023 — मोही नामसारी गरी प्रमाण पत्र

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जग्गाको लगत विवरण भरी बुझाउँदा जग्गा रहेको वडाभन्दा फरक वडामा बुझाएकै मात्र कारणले वर्षौंदेखि जोती कमाई आएको जग्गाबाट मोही हक स्वतः मेटिने भन्न न्यायका दृष्टिले नमिल्ने । § नेपाली समाज अझै पनि अर्धशिक्षित अवस्थामा रहेको पाइनुले आफ्नो हकप्रति सजग रहनुपर्ने सचेतनाको स्तरमा रहेको कमी कमजोरीलाई गरीब तथा निरक्षर जनताको हकमा भएको प्राविधिक त्रुटिलाई मात्र निर्णयमा निर्णयाधार बनाउन समन्यायको दृष्टिबाट समेत उचित नमानिने । § १ नं. लगत भरी फरक वडामा बुझाउँदैमा र २ नं.अनुसूचीसमेत फरक वडाबाट प्रकाशित भएको भन्ने प्राविधिक त्रुटिजन्य कारणलाई मात्र आधार बनाई वादी दावीको जग्गाको मोही होइनन् भन्न न्यायको दृष्टिबाट नमिल्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9023
मुद्दाको विषयमोही नामसारी गरी प्रमाण पत्र
निर्णय वर्ष / मिति2070/01/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.०६७-CI-०५३४
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9023
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्