नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9024 · वि.सं. २०७०

नि.नं. 9024 — मोही नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एकाघरका पतिपत्नी एउटै जग्गाको जग्गाधनी र मोही हुन सक्ने नसक्ने सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) “मोही“ भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफनो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ” भन्ने उल्लेख भएको पाइन्छ । यहाँ प्रयुक्त “अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई” भन्ने शव्द प्रयोग भएबाट एकासगोलका व्यक्तिहरु एउटै जग्गाको धनी र मोही हुन नसक्ने । (प्रकरण नं.२) § एउटै कित्ता नम्बरका जग्गाको एकासगोलकि पत्नी जग्गाधनी र निजका पति मोही हुन सक्ने अवस्था नदेखिँदा एकासगोलका पतिका नामको मोही नामसारी गरिपाऊँ भन्ने जिकीर कानूनसङ्गत नदेखिने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9024
मुद्दाको विषयमोही नामसारी
निर्णय वर्ष / मिति2070/03/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.२०६७-FC-१३७३
उद्धरण सन्दर्भने.का.प. २०७०, नि.नं. 9024
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्