सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २५० नजिर अभिलेखमध्ये पृष्ठ ६ / ११

नि.नं. 10292वि.सं. २०७६संयुक्त इजलास

जबरजस्ती करणी

नाबालिकाहरूको शारीरिक अवस्था अविकसित यौनाङ्ग, अपरिपक्क मानसिक अवस्था र प्रतिरोध गर्ने क्षमता नहुने र सजिलैसँग जुलुमीको अनुचित बहकाउ एवं फन्दामा पर्न सक्ने स्वभावका हुनाले नाबालिकाको सहमति एवं स्वीकृति लिएपनि करणी गरेकोमा जबरजस्ती करणी ठहर्ने । (प्रकरण नं.७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10291वि.सं. २०७६संयुक्त इजलास

जबरजस्ती करणी

घटना वारदात हुँदाका अवस्थामा पीडितको उमेर के कति थियो भनी निर्धारण गर्ने मूलभूत प्रमाण जन्मदर्ता प्रमाणपत्र वा सो नभए स्कुल भर्ना हुँदा लेखाएको जन्ममिति र उमेरलाई मान्‍नु पर्ने । (प्रकरण नं.५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10290वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

पुनर्मूल्याङ्कनको लागि समितिमा पेस नगरिदिएको कारणको जिम्मेवार बढुवा प्राप्‍त गर्ने कर्मचारी हुन सक्तैन । सम्बन्धित निकाय वा पदाधिकारीले प्राप्‍त भएको कार्यसम्पादन मूल्याङ्कन फाराम पुनरावलोकन समितिमा पेस नगरिदिएको कारणले कर्मचारीलाई बढुवाको प्रक्रियामा समावेश ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10289वि.सं. २०७६संयुक्त इजलास

कर्तव्य ज्यान

जहाँ अभियुक्तले एउटा कार्यको लागि जाँनी बुझीकन कार्य गरेको हुन्छ तर विषयवस्तु अर्को परेको हुन्छ भने यस्तोलाई दुर्भावना सरेको वा दायित्व स्थानान्तरण (Transferred malice) भएको मान्‍नुपर्छ । यदि कुनै व्यक्तिले मनसायपूर्वक कुनै अपराध गर्न खोज्दछ र उसको असक्षमताको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10288वि.सं. २०७६संयुक्त इजलास

बिना इजाजत वन पैदावार ओसारपसार

घटनास्थलमा अवैध काठसहित पक्राउ पर्नु कसुर कायम हुन पर्याप्त हुँदैन । प्रतिवादीहरूको भूमिका, संलग्नताको स्तर, मनसायको अवस्था र कसुरजन्य कार्य आदि जस्ता तत्त्वहरूको समष्टिले मात्र प्रतिवादी कसुरदार हो होइन भनी पुष्टि गर्नुपर्ने । (प्रकरण नं.७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10287वि.सं. २०७६संयुक्त इजलास

कर्तव्य ज्यान

घटनाको समग्र स्वरूप एक प्रकृतिको हुने र प्रतिवादीको जिकिर अर्कै प्रकृतिको भएको अवस्थामा निरपेक्ष रूपले प्रतिवादीको बयान जिकिरलाई मात्र आधार लिएर निष्कर्षमा पुग्नु त्रुटिपूर्ण हुने । (प्रकरण नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10286वि.सं. २०७६संयुक्त इजलास

दूषित नामसारी निर्णय दर्ता बदर

अंशियार हकवालाहरूलाई नै लोप गरी आफ्नो मात्र हक छ भनी सिफारिस गराई सोही आधारमा कारबाही चलाई आफ्नो नाममा जग्गा दर्ता गराई बिक्री गरिएको कार्यलाई हदम्याद नाघेको भनी त्यस्तो कपटपूर्ण व्यवहारमा अदालतले औचित्यको छाप लगाई दिनु कदापि न्यायसङ्गत नहुने । (प्रकरण नं.५) स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10285वि.सं. २०७६संयुक्त इजलास

सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाउँमा दर्ता गरी गराई भ्रष्टाचार गरेको ।

मालपोत कार्यालयले दर्ता गरेको निर्णयउपर साधिकार अदालतमा पुनरावेदन लाग्ने कानूनी व्यवस्था रहेको र सार्वजनिक वा सरकारी जग्गा व्यक्तिका नाउँमा दर्ता गरेको देखिए सो कार्य जहिलेसुकै पनि बदर हुन सक्ने र न्यायिक निकायमा अन्तिम निरूपण हुन सक्ने । भ्रष्टाचार जस्तो फौजद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10284वि.सं. २०७६संयुक्त इजलास

जबरजस्ती करणी

वारदात मितिभन्दा अघि अभिलेखित जन्मदर्ता प्रमाण पत्र वा प्रमाण ऐन, २०३१ को दफा १४ अनुरूप तैयार भएको अभिलेख आदि वस्तुनिष्ठ प्रमाण पेस हुन नसकेको अवस्थामा पीडित स्वयंले घटनाको तत्काल पछि उल्लेख गरेको उमेरलाई अन्य वस्तुनिष्ठ प्रमाणको अभावमा अन्यथा मान्‍न नमिल्ने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10283वि.सं. २०७६संयुक्त इजलास

मोही नामसारी

तत्कालीन भूमिसम्बन्धी ऐन, २०२१ मा "बुहारी" लाई मोही नामसारी हुने हकवालामा राखेको नभएपनि प्रस्तुत मुद्दामा मोहीको एक मात्र छोरा र निजको एक मात्र श्रीमती रहेको अवस्थामा कानूनबमोजिमको हकवाला व्यक्ति बुहारी भएकोले जग्गाधनीले मोही पत्याउन इन्कार गर्ने हक रहेको नदेख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10282वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

एकपटक एउटा सुकुम्बासीलाई दिने भनी निर्णय गरेको जग्गा भोगचलनमा विवादित भई उक्त निर्णय नै कार्यान्वयन हुन नसकेको अवस्थामा पछि फेरी सो जग्गाको सम्बन्धमा पुनः निर्णय गर्न नेपाल सरकार तथा निजबाट अधिकारप्राप्त निकाय असक्षम हुन्छ भनी निष्कर्ष निकाल्नु संविधान र कानून…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10281वि.सं. २०७६पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा अनुसन्धान अधिकारीले कुनै फौजदारी अभियोगमा हिरासतमा राख्‍ने अनुमति माग गर्ने र अदालतले म्याद थप गर्ने कुरा केबल रीत पुर्‍याउने विषय नभएर थुनामा नै राखी अनुसन्धान गर्नुपर्नेसम्मको औचित्य पुष्टि हुनु पर्ने, अनुसन्धान सन्तो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10280वि.सं. २०७६पूर्ण इजलास

जबरजस्ती करणी उद्योग

“जबरजस्ती करणीको कसुर” जबरजस्ती करणी, जबरजस्ती करणीको उद्योग, र आशय करणी (यौन दुर्व्यवहार) तीन प्रकारका कसुरजन्य कार्यमध्ये सबैभन्दा गम्भीर कार्य अथवा कसुरले पूर्णता प्राप्त गरेको कार्य हो । “जबरजस्ती करणीको उद्योग” सम्बन्धी कसुरमा पीडकले इच्छा गरेको करणीसम्बन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10279वि.सं. २०७६पूर्ण इजलास

जबरजस्ती करणी

जबरजस्ती करणी हुनको लागि कन्याजाली च्यातिएको हुनु पर्ने, संघर्षको चिह्न नभेटिनु पर्ने, वीर्य स्खलन भएको हुनु पर्ने, संघर्षको कुनै चिह्न देखिएको हुनु पर्ने जस्ता कुरालार्इ जबरजस्ती करणीको महलको उल्लिखित कानून व्यवस्थासमेतबाट अनिवार्य तत्त्व मानेको पाइएन । साथै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10278वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण, परमादेश, प्रतिषेध

कुनै निकायबाट जारी गरिएको भनी विश्‍वास दिलाई पेस गरिएको लिखतको आधिकारिकता प्रमाणित गर्ने जिम्मेवारी त्यस्तो लिखत पेस गर्नेकै हुन्छ । सम्बन्धित निकायले त्यस्तो लिखत जारी गरेको होइन भनी इन्कारी गरेमा जालसाजीपूर्ण तरिकाले तयार भएको मान्‍नुपर्ने । (प्रकरण नं.१०) ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10277वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण

आफ्नो व्यक्तिगत फाइदाको लागि कुनै पनि सेयर धनी गैरजिम्मेवार रूपले प्रस्तुत भएर साधारण सभा अवरूद्ध पारी कम्पनीका नियमित प्रक्रियाहरूलाई समेत असर पार्दछ भने त्यसको फाइदा त्यस्ता व्यक्तिहरूले पाउनु हुँदैन र सोही कारणबाट कम्पनी र सञ्‍चालक समिति अनिर्णयको बन्दी बन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10276वि.सं. २०७६संयुक्त इजलास

निर्णय दर्ता बदर हक कायम

एउटाको हक स्थापित भइसकेको सम्पत्तिमा त्यस्तो सम्पत्तिको स्वामीको मन्जुरीबेगर भोगचलन गरेकै आधारमा मात्र स्वामित्वविहीन व्यक्तिलाई त्यस्तो सम्पत्तिको स्वामी बनाउन नमिल्ने । (प्रकरण नं.७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10275वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण

कुनै सम्पत्ति व्यक्तिगत कायम हुन सो सम्पत्तिको साबिक स्रोत स्पष्टसँग खुल्नुपर्छ । सो सम्पत्ति क्रेताले कानूनबमोजिम प्राप्‍त गरेको हुनुपर्छ । प्राप्त गरेको सो सम्पत्तिमा धनीको निरन्तर रूपमा भोग रहेको हुनुपर्छ । तर यदि उक्त सम्पत्तिको स्रोत नै स्पष्ट छैन, सो सम्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10274वि.सं. २०७६संयुक्त इजलास

मानव ओसार पसार

केबल अभियुक्त अदालतमा उपस्थित हुन आएनन् भन्ने आधारमा कसुर ठहर गर्नुलाई न्यायिक प्रक्रियाको दुरूपयोग गरेको (miscarriage of justice) अथवा गम्भीर अन्याय (gross injustice) भएको अर्थमा बुझ्नु पर्ने हुन्छ । प्रतिवादी अदालतमा उपस्थित नभएको कुरालाई नै स्वयम्‌मा निर्णा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10273वि.सं. २०७६संयुक्त इजलास

फैसला बदर

अदालतबाट फैसला भएको कुराको जानकारी पाएपछि त्यस्तो फैसलाबाट आफ्नो हकमा असर परेको भए निर्धारित हदम्यादभित्र दाबी गर्नु सम्बन्धित पक्षको कर्तव्य हुने । फैसलाको जानकारी पाएपछि पनि वर्षौंसम्म सोसम्बन्धी कानूनी उपचारको मार्ग अवलम्बन नगरी बसेको अवस्थामा केवल गुठी संस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10272वि.सं. २०७६संयुक्त इजलास

जग्गा खिचोला घर उठाई चलन

जग्गाको स्वामित्व एउटाको नाउँमा वैधानिक रूपमा दर्ता भइरहेकोमा अर्को व्यक्तिले सोमध्ये केही भाग भोगाधिकार प्राप्‍त गर्दैमा सम्पूर्ण वैध स्वामित्व समाप्‍त नहुने । (प्रकरण नं.८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10271वि.सं. २०७६संयुक्त इजलास

जबरजस्ती करणी

मालाकार कडी तथा एकआपसमा मेल नखाएको तथ्यको आधारमा कसुर ठहर गर्नु न्यायको दृष्टिले मनासिब नदेखिने । (प्रकरण नं.४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10270वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण

सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी आवाद गरेको अवस्थामा त्यस्तो दर्ता स्वत: बदर हुन्छ । सार्वजनिक बाटो जग्गामा केहीसमय भोग एवं त्यस्तो जग्गामा घर टहरा बनाएर बस्दैमा उसको निर्विवाद हक स्वामित्वको जग्गा हुन नसक्ने । (प्रकरण नं.३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10269वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण

अध्ययन बिदाको प्रक्रिया पूरा गराई साधिकार निकायबाट अध्ययन बिदा स्वीकृत भई अध्ययन समाप्त भएको लामो समयपश्चात् शिक्षकबाहेकका कर्मचारीले अध्ययन बिदा पाउने नपाउने सम्बन्धमा ऐन, नियममा स्पष्ट कानूनी व्यवस्था नभएकोले निवेदकले अध्ययन बिदा नपाउने भनी कानूनमा नै उल्लेख…

नजिर सार पढ्नुहोस् →