नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10279 · वि.सं. २०७६

नि.नं. 10279 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

जबरजस्ती करणी हुनको लागि कन्याजाली च्यातिएको हुनु पर्ने, संघर्षको चिह्न नभेटिनु पर्ने, वीर्य स्खलन भएको हुनु पर्ने, संघर्षको कुनै चिह्न देखिएको हुनु पर्ने जस्ता कुरालार्इ जबरजस्ती करणीको महलको उल्लिखित कानून व्यवस्थासमेतबाट अनिवार्य तत्त्व मानेको पाइएन । साथै पीडितको उमेर १० वर्षको मात्र देखिएकोले त्यस्तो नाबालकले ३६ वर्षको प्रतिवादीसँग प्रतिकार गर्न सक्ने वा सतीत्व रक्षाको लागि संघर्ष गर्न सक्ने अवस्था नै नभएबाट शरीरको अन्य भागमा संघर्षका चिह्न नदेखिनु स्वाभाविक नै देखिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10279
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2074/12/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री दुर्गाप्रसाद ढुङ्गेल | माननीय न्यायाधीश श्री उमेशकुमार सिंह | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०७४-NF-०००६
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10279
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्