नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10280 · वि.सं. २०७६
नि.नं. 10280 — जबरजस्ती करणी उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
“जबरजस्ती करणीको कसुर” जबरजस्ती करणी, जबरजस्ती करणीको उद्योग, र आशय करणी (यौन दुर्व्यवहार) तीन प्रकारका कसुरजन्य कार्यमध्ये सबैभन्दा गम्भीर कार्य अथवा कसुरले पूर्णता प्राप्त गरेको कार्य हो । “जबरजस्ती करणीको उद्योग” सम्बन्धी कसुरमा पीडकले इच्छा गरेको करणीसम्बन्धी कसुरजन्य कार्यले पूर्णतासम्म प्राप्त नगरेको, कसुरले पूर्णता प्राप्त गर्नुभन्दा अगाडिका कसुरजन्य चरणहरू पूरा गरिसकेको अवस्था रहन्छ । “यौन दुर्व्यवहारसम्बन्धी कसुरमा” यौनजन्य हिंसा भएको, तर जबरजस्ती करणीको कसुर वा सोसम्बन्धी उद्योगको तहको कसुर भइनसकेको अवस्था रहने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10280 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी उद्योग |
| निर्णय वर्ष / मिति | 2076/03/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री माधवराज थापा | माननीय न्यायाधीश श्री गोविन्दकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री बलराम के.सी. |
| मुद्दा नं. | ०७४-NF-०००१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10280 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
